रामचन्द्र न्यौपाने।
डोल्पा ५ मंसिर।
कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति सहितको संसदिय टोली डोल्पा पुगेको छ । समितिका सभापति माननीय पूर्ण कुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका पदाधिकारीहरु माननीय भवानी प्रसाद खापुङ, माननीय भुपेन्द्रबहादुर थापा र माननीय राजबहादुर क्षेत्रिको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो ।
संसदीय टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै निकुञ्जको बिषयमा स्थानीय सँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए ।
टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका विभिन्न गाउँस्तीमा बसोबास गर्ने स्थानीय सँग निकुञ्ज संरक्षण बिषयमा गहिरो छलफल गर्नुका साथै नागरिकका जनाएको छ ।
“निकुञ्जको कोर क्षेत्रमा मात्रै २४ वटा गाँउबस्ति छन्,एकतिर स्थानीयका आवाश्यक्ता छन्,अर्को तिर विकास निर्माणका कुरा छन्,निकुञ्जको ऐन कानुनले निकुञ्ज क्षेत्रमा विकास गर्नु पुर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ”निकुञ्जमा निमित्त संरक्षण अधिकृत सरोजमण्ी पौडेलले बताए।
निकुञ्ज,स्थानीय सरकार र नागरिक बिच बिवाद नआउने किसिमले नयाँ ऐन कानुन निर्माण गर्ने कि भएको कानुनलाई थप कडाई गर्न सघाउने त्यो कुराहरुका बिषयमा समेत संसदिय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाई छ ।
निकुञ्ज क्षेत्रभित्र पाईने बहुमुल्य जडिबुटीहरुको उपभोग डोल्पाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुनुका साथै डोल्पाका नागरिकको आयस्तरमा समेत बृद्धि हुने निकुञ्जको विश्वास छ ।
निकुञ्ज स्थापनाको आवाश्यक्ता र औचित्य सबैले बुझ्न जुरुरी रहेको पौडेलको भनाई छ । उप–समितिले निकुञ्ज क्षेत्रमा पर्ने छेप्का,रिग्मो गाँउ र सदरमुकाम दुनैमा बृहत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
युग संवाददाता । । ५ मंसिर २०७७, शुक्रबार १७:२२