गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं, ५ मंसिर।

सरकारले विभिन्न १९ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर ३ र गएको कात्तिक २७ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार पत्रकार सम्मेलनमार्फत् निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

गैरकानुनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

यस्तै, गैरकानुनीरुपमा लामो समय नेपालमा बसोबास गरिरहेका यमनका दुईजना नागरिकलाई पनि नेपालबाट निष्कासन गर्ने निर्णय सरकारले गरेको छ । उनीहरुले बुझाउनुपर्ने विलम्ब शुल्क, जरिवानासमेत मिनाहा गरिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गर्नेलगायतका निर्णयहरु सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया