सडक खन्ने क्रममा विद्युत्को पोलमा ठुलो क्षति

दुर्गा विसि

सल्यान, ४ मंसिर ।

सल्यान पश्चिम, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत सिम्तामा विद्युत नहुँदा सेवा ग्राही मारमा परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाकाको पोख्रे नजिकै स्थानीय सडक खन्दै गरेको स्काभेटरले गुडाएको ढुंगा लाग्दा दुई पोल भाँचिए पछि ३ जिल्लामा आज विहानै देखि विद्युत अवरुद्ध भएको हो ।


विद्युत् नहुँदा बैंकिङ सेवा लगायत अन्य विद्युतीय काम समेत प्रभावित भएको छ । स्थानीय तहले जथाभावी सडक खण्दा विद्युतका पोल, मुख्य सडकमा समेत ठुलो क्षेति हुने गरेको छ । उक्त सडक खन्दा लागेको ढुंगाले पोल सहित तार समेत चुडेको छ । मर्मतको लागि दिनभर प्रयास भैरहेको विद्युत् शाखा सल्लिका प्रमुख लोकमान शाक्यको भनाइ छ ।

विद्युत मर्मत कार्य साझँसम्म हुने जनाएको छ । जथाभावी सडक खण्दा विनाससँगै भएको विकासमा समेत ठुलो क्षेती हुन थालेको छ । स्थानीय सडकै कारण छिन्चु जाजरकोट सडक खण्ड तहस नहस हुन थालेको छ भने माथिबाट खस्ने ढुंगाका कारण विद्युत्मा समेत ठुलो असर पर्न थालेको छ । दुई पोल ढलेका छन् भने तार समेत चुडेको छ । यसरी सडक खन्दै गर्दा होसियारि नअपनाउदा अर्को भएको र निरन्तर चलेको विकासलाई विनास गरिरहेको स्थानीय सेवाग्राहीको दुखेसो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार