के भष्टाचारकै लागि ल्याहो गणतन्त्र ?

कर्नालिका मन्त्रालयाँ जति खोज्यो त्यति भष्टाचार भेटिन्छकि क्यारु भष्टाचारमा मायुर मानिने कृषि मन्त्रालयपछि अब वन मन्त्रालय हुन्छ जस्तोछ । करनालि प्रदेशमा आउने सचिवदेखि ह्याँका लेखा र स्टोरकिपर कति भष्टाचारीछन भन्ने कुरा त भख्खर प्रदेश सरकार स्थापना हुँदानै क्षेत्रिय कार्यालयका फर्निचर , कारपेट, कम्प्युटर लगायतका अफिसियल सामान सहित गाडिलाई समेत पुरै रिजेक्ट गरेर पुराना प्रयोग हुनै नसक्ने भनेर मन्त्रीका आँखाँ कर्मचारीले जसरी मुते, त्यहिबेला था भै सक्याथ्यो कि पर्देशका नाममा अब कर्चारी र मन्त्रीहरूले लुटतन्त्र मच्चाउँछन भनेर । नभन्दै जबजब दिन बित्दै गए अनि भष्टाचार सार्वजनिक पनि हुँदै गयो ।

तर पनि नत कर्मचारीले घिनमाने न मन्त्रीहरूले लाज ।त्यसकै परिणतिहो करनालिमा सरकार विरुध्दको अविश्वास प्रस्ताब जुन कुरा प्रस्ताबकले भन्दै आएका छन । कर्नालिका मुख्यमन्त्री सबैचिज गर्न सक्ने तर भष्टाचार घटाउन नसक्ने किन होला के मुख्य मन्त्रीको इच्छाशक्ति नै नभएर हो त करनालि प्रदेश भष्टाचाराँ यति विघ्न गन्हाको । हुन पनि जहाँ जस्ले जे कामको लागि पैसा लछ त्यहिँ सिध्याछ । त्यसको हिसाबप्रति न कोइ जिम्मेदारछ न जवाफदेहि । अडिट गर्न आउनेहरु आँफै भष्टाचारीछन । अनि उनिहरु के रिपोट दिन्छन । अडिट गर्न आउनेले नै यति रकम बुझाउनेछु भन्ने मौखिक तमसुक गरेर अडिट गर्ने ठाँ पुग्छ अनि त्याँ लेखाअधिकृतदेखि स्टोरसम्हाल्नेसम्म भष्टाचारी नाता जोडछ अनि अडिटको औपचारिकता निभाएर त्याँट जान्छ । एवंरितले सबै सरकारी अड्डा र त्यहाँका हाकिमदेखि मन्त्रीसम्म निस्कलंकित र दुधले नुहाएर सफा हुन्छन । तर वास्तविकता भने अर्कै हुन्छ । तर त्यो वास्तविकता मान्न प्रधानमन्त्रीदेखि महालेखा नियन्त्रक, परिक्षक, विभागीय मन्त्री सचिब,अनि त्योसँग जोडिएका सबै पानीमाथिको ओभानो बन्छन ।


तर बजेट गएको ठाउँमा न बाटो बन्छ,न बाख्राका खोरमा बाख्रा हुन्छन, न भकारोमा भैंसी हुन्छ न जमिनमा तोकिएको बालि लाग्छ । यी सबै बदनामहरुका साँक्षि बनेका जनता यो भएन त्यो भएन भनेर कराउँछन । लेख्नेले लेख्छन विरोध जताउनेले जताउँछन तर फेरि अर्को समाचार आउँछ करनालिको कालिकोटको नरहरिनाथ गाउँ पालिका ४ रिङ्नेमा प्रतिक्षालय बनाउन लग्या ११ लाख रुप्याँको प्रतिक्षालय यस्तो भनेर चित्रसहित समाचार आउँछ । अनि त्यो प्रतिक्षालयको फोटो हेर्यो , समाचार पढ्यो अनि पैसादिने वन मन्त्रालयलाई कोस्यो ९ गालिगर्यो ० मन्त्रीको अनुहार सम्झ्यो,सचिव र त्याँको लेखा अधिकृतको अनुहार सम्झ्यो, अनि पैसा लग्ने र काम गराउनेको अनुहार कल्पना गर्यो , अनि भन्न मन लाग्छ धिक्कार छ प्रजातन्त्रले नपुगेर गणतन्त्रल्याउने र जनतालाई समृध्द बनाउँछु भन्ने मान्छेहरका व्यवहार देखेर । साँच्चै रिङ्ने ४ मा बनेको प्रतिक्षालयको फोटो करनालिका वन मन्त्रीले हेरेहोलान कि नाई । मुख्य मन्त्रीज्युको त झन आफ्नै जिल्लाको कुरो भो । मुख्यमन्त्री ज्यु कैयौँपटक कालिकोटतिर पुग्या सुनिन्छ । यसो एक पटक त्यो प्रतिक्षालयाँ पुगेर धित मर्ने गरि बसेर आ सम्चार सुन्ने जिज्ञाँशा यो मनानि पलाईराछ । मुख्य मन्त्रीज्यु पैसालगेर त्यो हरिविजोग गराउने मान्छेलाई कार्वाहि नगरेनि । तपाईं त्याँ पुगेर आ सम्चार पढने करनालिबासिको इच्छ्या पूरा होला त रु प्रतीक्षा छौँ हामी करनालिबासी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार