वाेयर वाेका पाएपछि रिठाबाेटका किसान खुशी

दुर्गा विसि
सिम्ता, २८ कार्तिक ।
सुर्खेत सिम्ता गाउँपालिकाकाे वडा ६ रिठाबाेटमा किसानलाई वाेयर वाेका वितरण गरिएको छ ।सत प्रतिशत अनुदानमा डाँफे बाख्रापालन समूह रिठाबाेटका २५ घरधुरीलाई १२ वाेका र बाख्रा पालनको लागि दाना खुवाउने भाडा,पशु चौपायाकाे औसधि,दाना पकाउने भाडा,घाँस खुवाउने टाट्नाे,औसधि छिट्ने स्प्रे ट्यांकि लगाएतको सामग्री हस्तान्तरण गरिएको छ ।

हेल्वटास परियोजनाकाे आर्थिक सहयोग र सिम्ता गाउँपालिकाकाे समन्वयमा किसानलाई वाेयर ७५ पचास प्रतिशत वाेयर वाेका र बाख्रा पालनकाे लागि अावश्यक सामग्री हस्तान्तरण गरिएको छ । वाेयर वाेका हस्तान्तरण कार्यक्रममा सिम्ता गाउँपालिका ६ रिठाबोट सुर्खेतमा सामुदायिक प्रजनन केन्द्रको उद्घाटनमा गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार के.सि, उपाध्यक्ष चन्द्रकला शाही , ६ नं वडा अध्यक्ष राजेन्द्र सिंह, प्रयास नेपाल परियोजनाका भुवन जंग पुडासैनी,ललित सिंह ठकुरी,पशुशाखा प्रमुख डिलवहादुर पुन र सम्पुर्ण समुहका सदस्यहरूकाे उपस्थिति रहेको थियोे ।

उन्नत जातका वाेका पाए पछि रिठावाेट डाँफे बाख्रापालन समुहका कृषक खुसि वनेका थिए । सबैकाे सहयोग र हातेमालोबाट किसानकाे अाए आर्जनमुखि क्षेत्रमा मात्रै काम गर्न पाए यहाँको उत्पादन र आयआर्जनमा टेवा पुग्ने अध्यक्ष केसिकाे भनाइ थियोे ।किसानलाई अब व्यवसायीमुख बन्न उहाँको विशेष जाेड थियोे ।

तपाईको प्रतिक्रिया