पहिलाे पटक चार सेन्टिमिटर बढी बाक्लाे कालोपत्रे सुरु

सुर्खेत, २८ कात्तिक ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा चार सेन्टिमिटर भन्दा बढि उचाई भएको कालोपत्रे सुरु भएको छ । संघीय आयोजना कार्यालय इकाईले दुइ सेन्टिमिटर कालोपत्रे गनुपर्ने भनेर आशिष श्याम एण्ड शंकरलाई ठेक्का दिएपनि कम्पनीले चार सेन्टिमिटर कालोपत्रे गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको एयरर्पोर्ट-कालिमचोक-घन्टाघर-गणेश चोक (हटलाइन) को पिच निर्माणको काम आज देखि सुरु भएको हो ।

दुईतर्फ नाला सहित २ लेनको सडक निर्माण भैरहेको संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतका इन्जिनियर टिकाराम पोख्रेलले लाकान्तरलाई बताए । हाल सडकको पिच गर्ने काम सुरु भैरहेको छ , केहि समय भित्रै उक्त सडकको निर्माण काम सम्पन्न हुनेछ । इन्जिनियर पोख्रेलले भने, सडकको पिच प्रिमिक्स प्रबिधिबाट भैरहेको र सो को लागी प्रिमिक्स प्लान्टमा तयार गरि पेभर प्रयोगबाट उक्त सडकको पिचको निर्माण कार्य भैरहेको छ ।

७ करोड ४३ लाखमा सम्झौता भै निर्माण भैरहेको उक्त सडकको म्याद २०७७ पौष १३ सम्म रहेको छ । सम्झौताअनुसार दुइ सेन्टिको सम्झौता भएपनि पेभर प्रयोग गरी कालोपत्रे गर्दा सम्झौता भन्दा बढि नै कालोपत्रेको मोटाइ भएको श्याम एण्ड शंकरका प्रमुख पदम बहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया