कर्णालीमा धान उत्पादनमा बृद्धि, एक लाख २० हजार मेट्रिक टन उत्पादन

सुर्खेत, २८ कात्तिक ।

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गत वर्षको तुलनामा साढे पाँत प्रतिशतले धान उत्पादनमा बृद्धि भएको हो । यो वर्ष कर्णाली प्रदेशमा एक लाख २० हजार नौसय ७१ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा झण्डै साढे पाँच प्रतिशतभन्दा बढी हो । उत्पादनमा बृद्धि भएपनि कर्णालीमा खाद्यान्न अभाव भने कामयमै रहेको छ ।

यो वर्ष समयमै बर्षात भएका कारण धान उत्पादनमा बृद्धि भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । ‘यो वर्ष वर्षाद् हुँदा कृषकले समयमै धान रोप्न पाए’ निर्देशक चित्रबहादुर रोकायले भने, ‘कृषकको मेहनत र बर्षादले साथ दिएकै कारण धान उत्पादनमा बृद्धि भएको हो ।’ कोरोनाका कारण किसानहरु समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन बृद्धि भएको रोकायाको तर्क छ । ‘विदेश गएकाहरु कृषकहरु गाउँ फर्किए, खाद्यान्न अभाव हुने डरले राम्रोसँग गोडमेल गरे’ उनले भने, ‘कृषकको मेहनत र समयमै बर्षाद हुँदा धान उत्पादनमा बृद्धि भयो ।’ त्यस्तै प्रदेश सरकारले उत्पादन बृद्धिका लागि कृषकलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेति गर्नु जस्ता कारणले पनि धान उत्पादनमा बृद्धि भएको हो । सलह किरा र रासायनिक मल अभाव नभएको अझ बृद्धि हुने निर्देशनालयको अपेक्षा थियो । यो वर्ष कर्णाली प्रदेशमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन बृद्धि हुने अपेक्षा गरिएको थियो । तर रासायनिक मल र सहल किराले धानको बीउमा क्षति पु¥याउँदा अपेक्षा अनुसार धान उत्पादन बृद्धि हुन नसेकन ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिमका केही क्षेत्रमा रशासनियक मल प्रयोग गरिन्छ । कोरोना महामारीका कारण कर्णालीमा रशासनिक मल आयात भएको थिएन् । धान रोप्ने र गोडमेल गर्ने समयमा रशासनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको कार्यालयले जनाएको छ ।

कर्णालीका दश जिल्लामध्ये सुर्खेत, सल्यान र रुकुमपश्चिममा सबैभन्दा धेरै रशासनिक मल खपत हुन्छ । अन्य जिल्लामा भने न्यून मात्रमामा रासायनिक मल प्रयोग गरिन्छ । कर्णालीका अधिकांश क्षेत्रमा प्राङ्गारिक मलको प्रयोग गरिन्छ । जुम्लामा रशासनिक मलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्लाका कृषकले रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोग बढी हुन्छ ।

त्यस्तै सलह किराका कारण पनि अपेक्षा गरे अनुसार धान उत्पादन नभएको हो । धान रोप्ने समयमा बिउमा क्षति पु¥याएको थियो । सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सहल किराले धान बालिमा क्षति पु¥याएको निर्देशनालयले जनाएको छ ।

कुन जिल्लामा कति उत्पादन

एक लाख २० हजार नौ सय ७१ मेट्रिक टन धान उत्पादन भएको कर्णालीमा यो वर्ष सुर्खेत सबैभन्दा बढी धान उत्पादन भएको छ । कृषि विकास निर्देशनालयका अनुसार सुर्खेतमा ४२ हजार आठसय तीन मेट्रिक टन धान उत्पादन भएको छ ।
तथ्याङ्क अनुसार रुकुम पश्चिममा आठ हजार नौ सय ७६ मेट्रिक टन, सल्यानमा २८ हजार नौसय, दैलेखमा चारहजार चारसय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ ।
त्यस्तै डोल्पामा ६ सय पाँच, जुम्लामा दुई हजार नौ सय, कालिकोटमा नौ हजार चार सय ८९, मुगुमा सात हजार पाँच सय ७६ र हुम्लामामा सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।

६ जिल्लालाई संस्थानकै भर

धान उत्पादनमा केही सुधार आएपनि कर्णालीका ६ जिल्लाले भने खाद्यान्न संस्थानकै चामलमा निर्भर हुनुपर्ने निश्चित भएको छ । यो वर्ष पनि कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालिकोट र जुम्लावासी खाद्यान्न संस्थानकै चामलमा निर्भर हुनुपर्ने छ । यो वर्ष जाजरकोटमा १० हजार ६ सय ६५, डोल्पामा ६ सय पाँच, जुम्लामा दुई हजार नौ सय, कालिकोटमा नौ हजार चार सय ८९, मुगुमा सात हजार पाँच सय ७६ मेट्रिक टन र हुम्लामा सात सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । जुन गत वर्षकै हाराहारीमा छ । सिचाईको अभाव र हिमाली जिल्ला भएका कारण ६ जिल्लामा न्यून मात्रामा धान उत्पादन हुन्छ । ति जिल्लाहरुमा बर्षेनी खाद्यान्न संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक २३ हजार चारसय २० मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार नौ सय ९८ मध्ये वार्षिक तीन लाख २७ हजार पाँच सय ७८ मेट्रिक टन उत्पादन हुन्छ ।

तपाईको प्रतिक्रिया