२४ घण्टामा १९ सय १३ जनामा संक्रमणः १५ जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक ।

पछिल्लो २४ घण्टामा १९ सय १३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ सय ४९ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

बिहीबार थप १५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या भने ११ सय ८९ पुगेको छ । अहिले ९७४ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया