रुकुम पश्चिममा गहुँको विउ अभाव

प्रचण्ड खत्री ।

रुकुम पश्च्मि, २७ कात्तिक ।

रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा गहुको बिउ अभाव रहेको छ । किसानले कार्तिक, मंसिर रोपी चैत बैशाखमा काट्ने गहुको बिउ अभाब देखिएको हो ।

कृषि विकास कार्यालय र कृषि विकास शाखाबाट ५० प्रतिशत अनुदानबाट वितरण हुने विउ यस बर्ष कोरोनाको कहर देखाउदै कार्यालयले केहि मात्रामा वितरण गरेतापनि किसानको माग अनुसार बिउ नपाएको बाफिकोट गाउपालिका वडा नम्बर ४ खोलिबडगाउका किसान रमिता केसीले बताईन । बिउ नपाएर किसानहरु बिउ खरिदका लागि बिभिन्न गाउँ पुगेता पनि उनीहरुले बिउ पाएका छैनन । बिउ नपाईदा किसाहरुले खेत बाझै जस्तो देखिन थालेको चौरजहारी ९ का किसान डिल्ली कंवरले बताए ।


गहु छर्ने सिजनमै यस्तो समस्या देखिन थालेपछि किसानहरु मर्कामा परेका छन । ग्रामिण भेग तिरका किसानहरुले यस अघि नै केहि जोहो गरेर गहु लगाईसकटा छन तर अधिकांस किसानहरुले बिउ छर्न पाएका छैनन । गुणस्तरीय बिउ नहुदा खानका लागि राखीएको गहु नै बिउको रुपमा प्रयोग गर्ने किसानको बाध्यता रहेको छ । गहुको बिउको लागि सबन्धित कृषि बिकाश शाखामा माग गर्दा पनि बिउ नपाएको बताएको छ । जिल्ला भित्रै गहुको प्रजनन तथा मूल बिउ उत्पादन कम मात्रामा उत्पादन हुने भएकाले अहिले सम्म ७० प्रतिशत किसानले पुरानै बिउ छरिरहेका छन । पुरानै बिउ खेति गर्दा उत्पादनमा कमि हुदै गएको जनाएको छ ।

मुसिकोट ४ र १२ नम्बरका कृषक समुहले मात्रै बिउ उत्पादन गर्ने गरेका छन । यस बर्ष अत्याधिक बर्षाका कारण बिउ उत्पादनमा कमि आएको हो । रुकुम पशिमका किसानले बिशेस गरि स्वर्गद्वारि र डब्लु के बिउ प्रयोग गर्दै आएका छन् । किसानहरु बडी कृषि पेशातिर उन्मुख देखीएका छन । गहुको बिउ खरिदको लागि मात्रै बर्षेनी रकम बाहिरिने गरेको कृषि बिकाश कार्यालय रुकुम पशिमले जनाएको छ । बिभिन्न कृषि फर्म , एग्रोभेट, र बिउ उत्पादन कृषि समुहबाट बिउ ल्याउनु पर्ने बाध्यता कायमै रहेको छ ।

यस बर्ष मात्रै २५ कुन्टल बिउ आएको कृषि बिकाश कार्यालय रुकुम पशिमका कार्यालय प्रमुख मिन बहादुर केसीले बताए । हरेक बेश किसानहरुले बिउको अभाब झोल्नु पर्ने समस्या समाधान गर्न बिज बृदि कार्यक्रम संचालन गर्न थालिएको कार्यालय प्रमुख केसिले बताए । बर्षौ देखि जिल्लामा गहुको बिउ अभाब हुने समस्या हल गर्न स्थानीय तहले जोड दिनुपर्ने उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार