संसदीय सुनुवाइमा सुरेन्द्र पाण्डे-युवराज खतिवडाबीच जुहारी

काठमाडौं, २७ कात्तिक ।

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाको सुनुवाइका क्रममा बिहीबार नेकपाकै सांसद सुरेन्द्र पाण्डेसँग जुहारी चल्यो। नेकपाका दुई केन्द्रीय नेता र दुई पूर्व अर्थमन्त्रीबीचको जुहारी अन्य सांसदका लागि पनि रोचक बन्यो। सुनुवाइका लागि पुगेका खतिवडालाई पाण्डेले अर्थमन्त्री भएर समेत एमसिसी पारित गराउन नसकेको अवस्थामा राजदूत भएर के भूमिका खेल्नुहुन्छरुु भन्दै प्रश्न गरे। पाण्डेको प्रश्नमा खतिवडाले जवाफ रक्षात्मक जवाफ दिए।

उनले राजदूतको हैसियतमा आफूले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्ने बताए। मेरो निजी विचार केही होलान् तर अब म एमसिसीको सन्दर्भमा सरकारले दिने निर्देशन पालना गर्ने हो, खतिवडाले भने। त्यसो त दुईबीचको जुहारी यही रोकिएन।

युवराज खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको श्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाइएकोमा पाण्डेले खतिवडा माथि प्रश्न गरे। उनले आर्थिक वृद्धि सबभन्दा राम्रो भएको समयमा समेत खतिवडाले अर्थतन्त्र ‘कोल्याप्स’ हुन लागेको तर्क गर्नु अनुचित भएको बताए।

ुग्रोथको बेलामा समेत क्राइसिस भनेको विषयमा के जवाफ दिनुहुन्छु, पाण्डेले भने, परस्पर विरोधी काम गर्नुभयो। आयात निर्यात ठिक थिए, इण्डिकेटर सही थिए। पाण्डेलगत्तै बोलेका पूर्वअर्थन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खतिवडाको श्वेतपत्रलाई लालपत्रुको ‌संज्ञा दिए। कार्की शेरबहादुर देउवा सरकारका अर्थमन्त्री थिए। लगत्तै निर्वाचनपछि खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

जवाफमा खतिवडाले बजेट सुनिश्चित नगरी ८ खर्बको दायित्व सृजना गरिएको बताए। उनले आफूले अर्थ मन्त्रालय छाड्दा त्यस्तो दायित्व २ खर्ब ९३ अर्ब रुपैयाँमा ल्याइएको बताए। उनले आफूले श्वेतपत्रमा ट्रेजरीु र बाह्य व्यापार घाटाको विषयमा उल्लेख गरेको बताए।

ुआर्थिक वृद्धि ६ प्रतिशतमाथि छ भनेर मैले पनि भनेको हुँु, खतिवडाले भने, ुम अहिले पनि अर्थतन्त्र सही ठाउँमा छ भन्दिनँ। भुक्तानी सन्तुलन बचतमा छ। तर फेरि पनि विकासको काम अगाडि बढ्दा विदेशी मुद्राको काम चापमा पर्छ। हाम्रो राजस्व र खर्च प्रणाली चापमा छ। बजेट सबै खर्च गर्ने हो भने स्रोतमा चाप फेरि पनि छ। उनले श्वेतपत्रमा उल्लेख भएका समस्या अहिले पनि रहेको बरु आफूले केही सुधार गरेको बताए।

ुस्रोत सुनिश्चित भएको आयोजनामा दायित्व सृजना भएको थियो माननीय ज्यूु, खतिवडाले पाण्डेलाई भने, ठेक्का लागेका थिए। दायित्व सृजना भएका थिए। अर्थमन्त्रीले चिठी लेखेर हट्ने वाला थिएन। दायित्व सृजना भैसकेको कुरा गरेको थिएँ। दायित्व सृजना नभएका १ खर्बका आयोजना मैले चिठी लेखेर रोकेको हुँ। त्यो चिठी लेखेर खरिद रोक्दा मलाई बेला(बेला अप्ठ्यारो समेत पारियो। त्यसको सिकार म भएँ । संसदीय सुनुवाइमा खतिवडाप्रति नेकपा भित्रको शक्ति सन्तुलन समेत देखिएको थियो।

प्रचण्ड र माधव नेपाल पक्षधर सांसदहरूले खतिवडालाई आलोचन गर्दै प्रश्न सोधेका थिए। जबकी प्रधानमन्त्री ओली पक्षका सांसदले उनको प्रशंसा गरेका थिए। नेकपाका सांसदको तुलनामा कांग्रेसका सांसदहरूले खतिवडालाई साथ दिएका थिए।

सेतोपाटीबाट साभार ।

तपाईको प्रतिक्रिया