नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौं, २७ कात्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको परामर्शमा भोली बैठक बोलाएका हुन् । यसअघि पार्टीको प्रचण्ड–नेपाल समूहका बहुमत (पाँचजना) सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएपनि ओली सहमत भएका थिएनन् ।


प्रचण्ड–नेपाल समूहले आज बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो । तर महासचिव पौडेलले दुवै अध्यक्षसँगको परामर्शका आधारमा एक दिन ढिलो शुक्रबारका लागि बैठक डाकेका हुन् । लामो विवादपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः शुक्रबार चार बजे पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाउन सहमत भएका हुन् ।

प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुलाई यसबारे जानकारी गराएका छन् । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबार चार बजे केन्द्रीय सचिवालय बैठकको औपचारिक बैठक बस्ने बताए ।

इमेजखबरबाट साभार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार