सुर्खेतमा देउसी भैलो खेल्न प्रतिबन्ध

सुर्खेत, २४ कात्तिक ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस वर्ष तिहारमा खेलिने देउसी भैलो कार्यक्रमलाई प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमवार एक विज्ञेप्ती प्रकाशित गरी कोरोना महामारीलाई मध्य नजर गर्दै देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देउसी भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने र कोरोना महामारी झन फैलिन सक्ने भन्दै रोक लगाइएको बताए ।

यस्तै तिहारमा हुने आगलागी जस्ता गतिबिधिलाई मध्यनजर गरी अत्तिसबाजी, पटका लगायतका जवलनशिल प्रदार्थ प्रयोग नगर्न र बिक्रि बितरणमा रोक लगाइएको जिल्ला प्रशासन सुर्खेतले जनाएको छ ।

साथै अनावश्यक रुपमा सार्वजनिक रुपमा जमघट, राजनितिक भेला, सभा, सम्मेलन जस्ता कार्यगरी शन्तिसुरक्षा र सुव्यवस्थामा खलल पु¥याउने कुनै खालको गतिबिधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ । तिहारको अवधिभर साँझ ७ बजे भन्दापछि अत्यावश्यक सेवा बाहेक कुनै पनि व्यापार, व्यवसाय र लामो दुरीको सवारी साधन बाहेक अन्य सञ्चालन गर्न पाइने छैन ।

कुनै पनि ठाउँमा यस्ता कार्य गरेको पाइएमा जोसुकैलाई संक्रमाण रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने छ ।

तपाईको प्रतिक्रिया