सम्पादकीयः कोरोनामा हेलचक्राई

करिव नौदेखि कोरोना महामारीबाट विश्व समुदाय आतंकित छ । कोरोनाबाट बच्न विभिन्न देशले महिनौँसम्म लकडाउन गरे । विश्वका बैज्ञानिकहरु कोरोना भ्याक्सिनको खोजीमा जुटे । न लकडाउने कोरोना संक्रमण रोकियो । नत कोरोना भ्याक्सिन पत्ता लगाउन विज्ञानिकहरु सफल भए । परिणामत विश्वका आम नागरिकले महिनौँदेखिको लकडाउनको सामना गर्नुप¥यो । महिनौपछि कुनै मुलुकहरु पुरानै लयमा फर्किए । अझै पनि कुन–कुनै देशमा पुनः लकडाउन गर्नुपर्ने अवस्थामा पुगेका छन् । कोरोनाकै कारण विश्व अर्थतन्त्र धरासायी बनेको छ । अधिकांश उद्योगधन्दाहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । उद्योग, व्यवसाय बन्द हुँदा सयौँले रोजगारी गुमाउनु प¥यो । तर कोरोना संक्रमण अझै पनि अन्त्य हुने संकेत छैन । किनकी आजसम्म कोरोना भ्याक्सिन पत्ता लागेको छैन । अर्थात कोरोनाको अन्त्य कहिले हुन्छ टुङ्गो छैन ।

तर पछिल्लो समय भने कोरोना रोकथाममा हेलचक्राई गर्न थालिएको छ । परीक्षणको दायरा घटाउनेदेखि सुरक्षित रुपमा आइसोलेसनमा बस्ने संक्रमितको संख्या घट्दै गएको छ । कर्णाली प्रदेशमा ८९ हजार तीनसय ५४ जनाको पीसीआर परीक्षण गरिदा छ हजार एक सय सत्तरी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये संख्या पाँचसय संक्रिय संक्रमित छन् । प्रदेशभर प्रदेशको राजधानी सुर्खेतमा मात्रै तीनसय २५ सक्रिय संक्रमित छन् । संक्रमितभने आइसोलेसनमा बस्नुको सट्टा होम आइसोलेसनमै बसेका छन् । कोरोना संक्रमण फैलिन नदिन लाखौँ खर्चेर दुई हजारभन्दा बढी बेडहरु तयार छन् । तर कोरोना नियन्त्रणमा भने खेलवाड गरिएको छ । वीरेन्द्रनगरमा दुईसय १७, पन्चपुरीमा ६ जना लेकबेसीमा तीनजना, बराहतालमा तीन जना, चिगाडमा एक जना र भेरिगंगा नौँ जना होमआइसोलेसनमा छन् । दैलेखमा आठविस र नौमुलेमा जाजरकोटको भरी नगरपालिकामा एक÷एक जना होमआइसोलेसनमा छन् । सल्यानका र मुगुका सबै संक्रमित होम आइसोलेसनमै छन् । संक्रममित घरमै बस्दा कोरोना फैलिने जोखिम हुन्छ । किनकी घरमा चाहेर पनि सुरक्षा सावधानी अपनाउन सकिदैन । संक्रमित जटिल अवस्थामा पुगेको खण्डमा तत्काल उपचार सम्भव छैन । तर कोरोना नियन्त्रणमा भने आम नागरिकले खेलवाड गर्दै आएका छन् । सार्वजनिक स्थानमा सामाजिक दुरीसमेत कायम भएको छैन ।


अर्काेतर्फ कोरोना परीक्षणको दायरा पनि घटाइएको छ । कुनै समय दुई हजार जनाको कोरोना परीक्ष हुने कर्णाली प्रदेशमा पछिल्लो समय परीक्षणको दायरा ह्वात्तै घटाइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि हाल कर्णालीका चार जिल्लाबाट पीसीआर परीक्षण प्रयोगशाला छन् । सुर्खेतमा प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेखमा दैलेख अस्पताल, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमपश्चिममा चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालाबाट कोरोना परीक्षण गरिन्छ । तर प्रयोगशालामा पनि परीक्षण घटाइएको छ । आवश्यक सावधानी अपनाउन छोडिएको छ । संक्रमितको निगरानी छैन । जसका कारण कोरोना नियन्त्रणमा चुनौति थपिएको छ । विश्वका केही देशमा पुनः लकडाउन भइरहदा कर्णालीमा कोरोना नियन्त्रणमा गरिएको हेलचक्राईले जटिल अबस्था नआउला भन्न सकिदैन । संक्रमितलाई सुरक्षित आइसोलेसनमा राख । परीक्षणको दायरा नघटाऊ । सार्वजनिक स्थानमा सुरक्षा सावधानी अपानाऊ । तर कोरोना नियन्त्रणमा हेलचक्राई नगर ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार