‘नागरिकको सेवा गर्न निजामती क्षेत्र रोजे’

निजामती क्षेत्र जागिर मात्रै होइन । यो एउटा सामाजिक सेवा पनि हो । यो नागरिकसँग सबैभन्दा नजिक हुने पेशा पनि हो । उसो त निजामती कर्मचारीले जागिर मात्रै खाँदैनन् । उनीहरुले एक प्रकारले समाजको सेवा पनि गर्दछन् । जागिरमा रहदा कर्मचारीले सेवा प्रवाह मात्रै गर्दैनन् विकास निर्माण र सामाजिक रुपमान्तरण महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसैले त कतिपयले निजामती क्षेत्रलाई समाज सेवासँग तुलना गरेका छन् । त्यही मध्येका एक हुन डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरी । निजामती क्षेत्रमा रहेर धेरै नागरिकको सेवा गर्ने सकिन्छ भनेर नै उनले यो क्षेत्र रोजेका हुन् । प्रस्तुत छ, तीन दशकदेखि निजामती क्षेत्रमा सक्रिय गिरीको जीवन संघर्ष र निजामती क्षेत्रका तितामिठा अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

सुखद् बाल्यकाल

बुवा चन्द्रदेव र आमा गौरी गिरीका दोस्रो सन्तान हुनु पित्रिभक्त गिरी । २०२२ साउन १७ गते वीरेन्द्रनगर–१ आँपडालीमा उनको जन्म भएको हो । सामान्य किसान परिवारमा जन्मिभएका उनी सानैदेखि लगनशील र मेहनती थिए । किसान परिवार भएकै कारण विद्यालय समयबाहेक बाँकी समय उनी मेलापातमै व्यवस्थ हुन्थे । ‘घाँसपता नगरेरमात्रै स्कूल जानै पाइदैनथ्यो’ उनी भन्छन्, ‘खेतिपातीका कारण घरमा पढ्ने फर्सदसमेत हुन्थेन ।’ प्रशस्त जग्गा जमिनमा गरिने खेतिपातीका कारण उनले घरमा अध्ययन गर्ने पुर्सद पाउँथेनन् । तर उनको बाल्यकाल भने सुखद् थियो । ‘उ बेला दुःख भन्ने थाहै हुन्थेन’ उनी भन्छन्, ‘खेतिपाती गरेपनि बालापान सुखद निकै रमाइलो थियो ।’

मध्यम विद्यार्थी

अध्ययनमा निकै रुचि राख्ने पित्रिभक्त मध्यमस्तरका विद्यार्थी हुन । ‘उबेला न ट्यूसन पढ्ने चलन थियो न त गाइड गेसपेपर नै’ उनी भन्छन्, ‘स्कूलमा सरले जे पढाउनु भयो त्यही नै पढाई थियो ।’ कक्षा १० मा पुगेपछि मात्रै उनले पहिलो पटक ट्यूसन पढ्ने अवशर पाएका थिए । पढाइमा उत्कृष्ठ हुन नसके पनि उनी कहिलै फेल भएनन् । ‘राम्रो त गर्न सकिएन तर पढाइमा कहिलै फेल हुनु परेन’ उनी भन्छन्, ‘सानैदेखि म मध्यमस्तरमको विद्यार्थी थिएँ ।’ वाआमालाई खेतिकिसानमा सघाउँदै पित्रिभक्तले गाउँमै ढोडेखाली स्कूलबाट कखरा सुरु गरेका हुन् । विद्यालयमा हुने अतिरित्त कृयाकलापमा पनि उनी सहभागी हुन्थे । प्राथमिक तहपछि भैरवस्थानबाट निमावि र जनमाविबाट माध्यमिक शिक्षा पुरा गरे । २०४१ सालमा एसएलसी पास गरे । तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका छन् ।

डेस्कबेन्च थिएनन, ढुङ्गामा बसेरे पढ्थ्यो

२०३० सालभन्दा पहिले अधिकांश गाउँका विद्यालयको भौतिक अवस्था नाजुक थियो । जग्गा भएपनि भौतिक संरचनाहरु पर्याप्त थिएनन् । वीरेन्द्रनगरमै पनि अधिकांश विद्यालयमा भौतिक संरनाहरु बनाउने क्रममै थिए । ढोडेखालीमा प्राथमिक विद्यालयको अवस्था झनै नाजुक थियो । पित्रिभक्त त्यही पढ्थे । तत्कालीन अवस्थामा प्राथमिक तहसम्म अध्ययन हुने विद्यार्थी बस्ने बेन्च डेस्क नै थिएनन् । ‘हामी त ढुङ्गामा बसेर पढ्थ्याँै’ उनी भन्छन्, ‘कक्षा तीनमा पुगेपछि मात्रै डेस्कबेन्चमा बस्न पाइन्थ्यो ।’ पर्याप्त कक्षा कोठा नहुँदा कक्षा १ र २ का विद्यार्थीहरु कहिले खेतबारीको डिल त कहिले स्कूलको चौरमा बसेर पढ्थे । कक्षा तीनमा गएपछि भने डेस्कबेन्चमा बस्न पाइन्थ्यो । बस्नको लागि डेस्कबेन्च नहुँदा कपडा दुई दिनमै फोहोर हुन्थे ।


बुवाआमाको प्रेरणाले निजामती क्षेत्रमा आएँ

पित्रिभक्त सानैदेखि सामाजिक काममा रुचि राख्थे । पानी पधेरोदेखि बाटोघाटो निर्माण जस्ता सामाजिक कार्यमा आफै सहभागी हुन्थे । स्कूलमा कक्षा कोठा र प्राङ्गन सरसफाईमा उनी छुट्थेनन् । गाउँघरमा हुने सामाजिक गतिविधिहरु कहिलै पनि छुटाउथेनन् । सामाजिक सेवा गर्ने भावले स्कूल पढ्दा विद्यार्थी राजनीतिमा पनि सलग्न भए । यही समाजसेवाप्रतिको लगावलाई उनले पेशा बनाउने लक्ष्य बनाए । तर सामाजिक सेवाले मात्रै जीवन चलाउन कहाँ सकिन्थ्यो । परिपक्क हुँदैजाँदा जीवन चलाउन कुनै न कुनै पेशा गर्नुपर्ने भयो । हुन त उ बेला पनि सेना प्रहरीको जागिर थियो । बैंक तथा वित्तिय संस्थाप्रति कसैको लगाव थिएन । जागिर गर्ने अधिकांश व्यक्तिहरु शिक्षण पेशामा संलग्न थिए । उ बेला निजामती सेवामा जागिर गर्नेको बाहुल्यता निकै न्यून थियो ।

सबै क्षेत्रका केलाउँदै जाँदा पित्रिभक्तले निजामती क्षेत्रलाई आफ्नो सोच गरे । सोही अनुसार लोकसेवा आयोगको तयारी गरे । नभन्दै २०४३ सालमा गिरीले आफ्नो सपना पुरा गर्न सफल भए । ‘निजामती क्षेत्र नागरिकसँग सबैभन्दा बढी घुलमेल हुने क्षेत्र हो’ उनी भन्छन्, ‘म सानैदेखि समाज सेवामा रुचि राख्थे, जागिर र समाज सेवा गर्न सकिने भएकै कारण निजामती क्षेत्र रोजे ।’ यद्यपी निजामती क्षेत्रमा आउने पछाडि भने बुवाआमाको ठूलो हात छ । ‘छोराले जसरी पनि जागिर खावस भन्ने बुवाआमाको चाहन थियो’ गिरी भन्छन्, ‘बुवाआमाकै प्रेरणाले म निजामती क्षेत्रमा आएको हुँ ।’ निजामित क्षेत्र तीन दश पार गरिसकेका गिरीले सुर्खेत, बाँके, बर्दिया, प्यूठान डोल्पा लगायतका जिल्लामा पुगेर सेवा गर्ने अवसर पाएका छन् । २०४३ सालमा खरिदारबाट निजामती क्षेत्रमा प्रवेश गरेका गिरी त्रिपुरा सुन्दरी नगरपालिका डोल्पाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

अनि अस्पतालको मुहार फेरियो..

२०५२ सालतिरको कुरा हो । पृतभक्त क्षेत्रीय स्वास्थ्य कार्यालय सुर्खेतमा कार्यरत थिए । एक दिन उनलाई मुगु अस्पताल निरीक्षणमा गर्ने अवसर मिल्यो । तर त्यहाँ ठेकेदार मुगुको ठिमीमा अस्पताल अलपत्र छोडेको थियो । भौतिक पूर्वाधारको फिनिसिङको काम बाँकी थियो । अधुरो भवन प्रयोग बिहीन बन्ने अवस्था थियो । तर पित्रिभक्तले जबरजस्त अधुरो भवनमै अस्पताल बनाउने सञ्चालन गर्ने पक्रिया थाले । परिणामत त्यहाँ राज्यको ठूलो लगानी बनेको भौतिक संरचना प्रयोगमा आयो । र गुमुवासीले गाउँमै उपचार पाउने वातावरण बन्यो । ठेकेदारलाई कुरेर अस्पताल नसारीएको भवन राज्यको लगानी डुब्थ्यो’ उनी भन्छन्, ‘त्यही साहसैकै कारण मुगुमा पहिलो पटक १५ शैयाको अस्पताल बन्यो ।’ त्यहाँ अस्पताल बनेपछि गिरी मुगालीवासीबाट स्यावासी पाए । जोखिम मोलेर गरिएको त्यो कामले उनलाई सबैभन्दा धेरै सन्तुष्टि दियो ।

त्यस्तै तत्कालीन क्षेत्रीय अस्पताल (प्रदेश अस्पताल) लाई कट्कुवाबाट कालागाउँ सार्ने कार्यले पनिलाई सन्तुष्टि दियो । दुरीका हिसावले बजार नजिकै अस्पताल भएपनि कट्कुवामा जग्गाको अभाव थियो । क्षेत्रीय अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार बनाउने मिल्ने जग्गाको अभाव थियो । केही नागरिकको असन्तुष्टि हुँदाहुँदै पनि २२ विघाह जग्गा अधिकरण गरियो । ठूलो क्षेत्रफलमा क्षेत्रीय अस्पताल बन्यो । स्थानीय भएकै कारण गिरीले कालागाउँमा क्षेत्रीय अस्पताल सार्ने कामको समन्वयकारी भूमिका निर्वाह गरे ।

तत्कालिन समय क्षेत्रीय प्रयोगशाला, आँखा अस्पताल, आइएनएफ लगायतका सम्पूर्ण स्वास्थ्य क्षेत्रहरु कालागाउँ सार्ने पर्यत्न गरिएको थियो । तर वीरेन्द्रनगर बजार क्षेत्रका अगुवा नेता÷कार्यकर्ताका कारण अस्पतालमात्रै कालागाउँ स¥यो । त्यस्तै बर्दिया हुँदा बर्दिया अस्पतालको मुहार फेर्ने काम गरे । अस्पतालसँग प्रशस्त जग्गा थियो तर प्रयोगमा आउन सकेको थिएन । उनले प्रयोगबिहीन जग्गामा फलफूलहरु रोपे । परिणामत अस्पतालमा आउने विरामीहरु बगैचामा आए जस्तो ठान्थे । उल्लेखित तीन कामले पित्रिभक्तलाई सन्तुष्टिमात्रै दिएन । मुगु, सुर्खेत र बर्दिया अस्पतालको स्वरुप मुहार नै फेरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार