अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित, प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं, २३ कात्तिक ।

अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले पछिल्लो मत परिणामा अनुसार २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन्।​ पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने घोषणा गरिएको छैन ।

राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन् । तर, पनि ट्रम्पले यो हार स्वीकार भने गरिसकेका छैनन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन्। त्यसैगरी, ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकी छिन्।


यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जाल ट्वीटरमार्फत् दुवैलाई बधाई दिएका हुन्।

‘‘चुनावमा प्रभावशाली र ऐतिहासिक सफलताका साथ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई हार्दिक बधाई,’’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘‘म हाम्रा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्त्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार