औद्योगीक क्षेत्रमा ३५ करोड लगानी भित्रियो

सुर्खेत, २२ कार्तिक ।
कर्णाली प्रदेशको एक मात्र औद्योगिक क्षेत्र वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा ३५ करोडको लगानी भित्रिएको छ । २०७५ साल यता ठुला विभिन्न ४ वटा उद्योग सञ्चालनमा आएपछि ३५ करोडको लगानी भित्रिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जीव नारायण बन्जाडेले जानकारी दिनुभएको छ ।

औधोगिक क्षेत्रमा भवानी छापाखाना, सुर्खेत डेरी उद्योग, कर्णाली कोल्ड चेन लजिष्टिक प्रा.लि., सुरक्षा ग्याविन वायर इन्डिष्टिज गरी ४ वटा उद्योग स्थापना हुँदा ३५ करोडबढी लगानी भित्रिएको हो । भित्रिएका नयाँ उद्योगहरु मध्ये २ वटा सञ्चालनमा आएको र २ वटा निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्र ४० औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिनुभएको थियो । २०३८ सालमा यएरपोर्ट नजिक स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रको ९० रोपनी क्षेत्रफलमा विभिन्न साना–ठुला २७ वटा उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख बन्जाडेको भनाई छ । औधोगिक क्षेत्रको सुरक्षाका लागि वरीपरि कम्पाउण्डीङ वाल र भित्रि केही भागमा सडक कालोपत्रे गर्ने काम निरन्तर जारी रहेको छ ।

तपाईको प्रतिक्रिया