देउसी–भैलो खेल्न नपाइने

सुर्खेत, २० कार्तिक ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा देउसी÷भैलो खेल्न नदिने निर्णय गरेको छ । कोरोना जोखिम नहटेको भन्दै यसपालिको तिहारमा देउसी÷भैली पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकले सुरक्षा सर्तकता अपनाएर तिहार मनाउनुपर्ने निर्णय गरेको छ । यस्तै मेला तथा जात्रामा पनि प्रतिबन्ध लगाएको छ ।

SONY DSC

मेला÷महोत्सवमा हुने जमघटले कोरोना फैलिन सक्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । संक्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै यसको नियन्त्रको लागि प्रचारप्रासरमा तिव्रता दिन समेत निर्णय गरेको छ ।

जसका लागि सरोकारवाला निकायलाई प्रचारप्रशारको व्यवस्था गर्न सामाजिक विकास मन्त्रलायलाई निर्देशन दिएको छ । बदलिदो मौसमका कारण कोराना लगायतका अन्य रोगका संक्रमण बढ्न सक्नेभन्दै नागरिकलाई सचेत हुनसमेत केन्द्रले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया