हाम्रो प्राथमिकतामा शिक्षा

नागरिकले स्थानीय तहमा जनप्रतिनिधि पाएको पनि साढे तीन वर्ष वितेको छ । यो अवधिमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा विकास निर्माण, भौतिक पुर्वाधार र सामाजिक सुधारका क्षेत्रमा के कस्ता प्रगति भए ? वडाले नागरिकसँग गरेको प्रतिवद्धता कति पुरा भए ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नन्दलाल शर्मासँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, वडाध्यक्ष शर्मासँग गरिएको कुराकानीको शारासंः

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । कोरोना भाइरसलाई नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रमहरु गर्ने काम भइरहेको छ । त्यस्तै वडामा हुने दैनिक कामहरु भइरहेका छन् । सेवाग्राहीहरुलाई सेवा दिनमा नै व्यस्त छु ।

निवार्चित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

हामीले योजना बनाएर वडामा काम गर्ने गरेका छौं । पहिलो हाम्रो योजना भनेको शिक्षाको गुणस्तरमा सुधार गर्नु थियो । त्यो काम केही गरिसकेका छांै भने केही गर्न बाँकी छ । शिक्षामा हामीले बालकक्षादेखि नै सुधार गर्दै अघि बढेका छांै । कक्षा १ देखि ५ सम्म पनि सुधार गरेका छौं । पछिल्लो समय निजी विद्यालयमा विद्यार्थी बढी आर्कषित हुने भएकाले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको अवस्थामा हाम्रो वडाका सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ सुरु ग¥यौं । अहिले कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छौं भने हाम्रो कार्यकाल पुरा हुने बेलासम्म कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने योजना पनि रहेको छ ।

माध्यमिक तहमा हामीले प्राविधिक शिक्षा पनि सुरु गरेका छौं । हाम्रो वडामा दुई वटा विद्यालयहरु रहेका छन् । एउटा विद्यालयमा पशु विज्ञान र अर्काे विद्यालयमा बाली विज्ञान विषय पनि सुरु गरेका छौं । कृषि फर्म निमार्ण गरेका छौं । यस्तै हाम्रो वडामा पहिला स्वास्थ्य थिएन । शहरी स्वास्थ्य माग ग¥यौं र स्वास्थ्यचौकी भाडामा लिएर सञ्चालन सुरु ग¥यांै । कर्मचारी राखेर वडाबासीलाई स्वास्थ्य सेवा दिइरहेका छौं । अहिले स्वास्थ्यचौकीको भवन निमार्ण प्रक्रियामा छ ।
हामीले वडाबासीलाई स्वच्छ खानेपानी वितरण गर्नका लागि वडामा रहेका सार्वजनिक धारालाई निजी धारा बनायांै । प्रत्येक नागरिकको घर घरमा धारा पु¥याउने काम सम्पन्न गरेका छौं । सिचाइँका लागि पनि हामीले एक गाउँ, एक डिपोरिङ भनेर सात वटा डिपोरिङ निमार्ण गरिसकेका छौं । सरसफाइका लागि हामीले वडामा वडा कार्यालयकै रकमबाट एउटा गाडी खरिद गरेर तीन जना कर्मचारी राखेर फोहोर व्यवस्थापन गरेका छांै । वडाको सरसफाइका लागि निशुल्क फोहोर व्यवस्थापन गरेका छौं ।

त्यस्तै महिला, युवा आयआर्जन कार्यक्रमहरु पनि सञ्चालन गरेका छांै । चक्रपथभित्र वडा नम्बर ११ सबैभन्दा धेरैपर्छ । हामीले चक्रपथ भित्र ३० मिटरको बाटो निमार्ण गरिसकेका छौं । धुलियाविटदेखि अगाडी बाटो निमार्ण हुँदैछ । धुलियाविटदेखि मदनभण्डारी राजमार्गको सडक पनि कालोपत्रे भइसकेको छ । पिपिरा देउती बज्यैदेखि अमृतडाँडा जाने बाटो कालोपत्रे भइसकेको छ । केही बाटाहरु निमार्ण प्रक्रियामा छन् ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

हाम्रो वडामा विभिन्न जातजातिका मानिसहरुको बसोबास छ । बादी, राजी, गन्दर्भ लगायतका विभिन्न जातजातिहरुको बसोबास रहेको वडा हो । विभिन्न स्थानबाट बसाइ सरेर आएका मानिसहरुको पनि बसोबास रहेको छ । जनसंख्या बढ्दो क्रममा छ । त्यसले गर्दा उहाँहरुलाई हामीलाई बुझाउन समस्या भएको छ । अवस्थित बसोबासका कारण बाटोघाटो निमार्ण गर्दा समस्या भएको छ । जग्गा प्यालिङ नहुँदा बाटो निमार्णमा समस्या भएको छ । जग्गा विवादित हुँदा बाटो निमार्ण गर्दा अवरोध सिर्जना हुने गर्छन् ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

बाटो निमार्णका क्रममा जग्गा विवादित हुनु नै हाम्रो वडाको मुख्य समस्या रहेको छ । गरिवी, अशिक्षा अझै पनि रहेको छ । त्यसले गर्दा नागरिकलाई सहजै बुझाउन सकिदैन । समस्या धेरै नै छन् । तर पनि हामीले त्यो समस्यालाई सहजै समाधान गर्दै काम गरिरहेका छांै ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

बाटोको निमार्ण गर्दा धेरै नै समस्या आउने गर्छन् । हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा नीति बनायांै र काम गर्ने भएकाले सजिलो भएको छ । हामीले जग्गा खरिद विक्रि गर्दा ६ मिटर बाटो छोडेर गर्ने र घर नक्शा पास गर्दा पनि लगत कट्टा गरेर मात्र गर्ने नीति बनाएपछि काम गर्न सहज भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा भइरहेका बाटाहरुको नाप नक्शा गर्ने र मापदण्ड तोक्न बजेटसमेत छुट्याएका छौं । विवादित बाटाहरु भएको स्थानमा मापदण्ड तोकेर मात्र काम सुरु गर्छौं ।

अहिलेसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

मैले धेरै काम गरी सकेको छु । मैले के के काम गरे भन्ने कुरा त अझ वडाबासीलाई थाहा छ । शिक्षाको गुणस्तरमा सुधार, वडाबासीलाई स्वास्थ्यको पहुँच, सरसफाइ, वन अधिक्रमणमा नियन्त्रण, पूर्वाधारको विकास, खानेपानी समाधान, आर्यआर्जन मुलक कार्यक्रमहरु गरेका छौ । यो काम हाम्रो संस्थागत उपलब्धी हुन् ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

हामीले मत माग्न जाँदा नागरिकहरुसँग गरेको प्रतिवद्धता धेरै पुरा गरेका छौं । हाम्रो घोषणपत्रका आधारमा काम गरिरहेका छौं र गर्छौ पनि । खानेपानीको समस्या समाधान ग¥यौं, बाटो निमार्ण ग¥यांै । धेरै काम भएका छन् । तर केही कामहरु पुरा भएका छैनन् । ती कामहरु गर्न बाँकी छन् । पुरा गर्न नसकेका ठुला योजनाहरु प्रदेश सरकारसँग समन्वय गरेर पुरा गर्ने तयारीमा छांै । बोलेका बाँकी कामहरु पनि पुरा गर्ने प्रतिवद्धता गर्छु ।

अबका योजनाहरु के के छन् नी ?

शिक्षाका लागि शिक्षा, स्वास्थ्यका लागि शिक्षा, खानेपानीका लागि शिक्षा, सरसफाइका लागि शिक्षा, बालविवाह, दुव्र्यवहारका लागि शिक्षा यस्ता किसिमका कार्यक्रमहरु सञ्चालन गरेर आम नागरिकलाई सचेत र सुसुचित बनाउने हाम्रो अबको योजना रहेको छ । पढेलेखेका व्यक्तिमा पनि जनचेतनाको कमी रहेको छ । झुप्रामा रहेको विपन्न वर्गको बस्ती छ, त्यो बस्तीमा कक्षा ५ सम्म मात्र विद्यालय रहेको छ । कक्षा ६ देखि त्यहाँका बालबालिकालाई पढ्न समस्या छ । त्यो समस्या समाधानका लागि यहाँको विद्यालय नै मर्ज गरेर शिव मावि धुलियाविटमा ल्याउने र यो बस्तीका लागि वडाले एउटा बस खरिद गर्ने र निशुल्क बस सञ्चालन गर्ने योजना रहेको छ । बस सञ्चालनका लागि एउटा कोष स्थापना गर्नेछौं । प्राविधिक शिक्षा सञ्चालन गरेका छौं । बाहिरबाट प्राविधिक शिक्षा पढ्न आउने विद्यार्थीहरुका लागि निशुल्क बस्ने छात्रबास सञ्चालन गर्ने योजना गरेका छौं ।

तपाईको प्रतिक्रिया