सांसद शाहीद्धारा दलित बालबालिकालाई आर्थिक सहयोग

रामचन्द्र न्यौपाने
डोल्पा, ७ कात्तिक ।
डोल्पा प्रदेश क्षेत्र नं. १ ख बाट निर्वाचित सांसद बिरबहादुर शाहीले जिल्लाको एक वालविकास केन्द्रमा अध्ययनरत दलित बालवालिकालाई आर्थिक सहयोग गरेकाछन् । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका वडा नं ७ शर्मी गाउँमारहेको सिटिजन्स वालविकास केन्द्रमा अध्ययनरत ६३ घर परिवारका बालवालिकालाई आधा महिनाको तलब सहयोग गरेकाहुन् ।

विपन्न एवं दलित बालवालिकाको सुनौलो भविश्यको कामना गर्दै विद्यालय पोसाक किन्नकालागि बिस हजार नगत सहयोग गरेको सांसद शाहीले बताए । विकासको प्रमुख आधारनै शिक्षा क्षेत्र भएको बताउँदै शिक्षामा लगानि गर्दा खेर नजाने बताए ।

समाजमा सबैभन्दा पिछडिएको बर्ग दलित समुदाय भएकाले उनिहरुको आर्थिक,सामाजिक एवं शैक्षिक उत्थानकालागि राज्य गम्भिर बन्नुपर्ने उनको भनाई छ । सांसद शाहीले डोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित पुर्व राज्यमन्त्री धनबहादुर बुढाले सांसद विकास कोषबाट बिनियोजन गरेको बिस लाख र सांसद शाही आफैले सांसद विकास कोषबाट बिनियोन गरेको बिसलाख गरेर कुल चालिस लाखमा बनेको अन्नपुर्ण मावि शर्मीको छात्रावास भवन उद्घाटन समेत गरे । सांसद शाही भ्रष्टाचार बिरोधि एवं जतिखेर पनि जनताका समस्या सुन्न र समाधान गर्न तत्पर रहेने जनप्रयि नेताको रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया