डोल्पा अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान

रामचन्द्र न्यौपाने
डोल्पा, ७ कात्तिक ।
डोल्पाको एकमात्र जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलो पटक एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्रर जडान गरिएको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढा र सामाजिक विकास मन्त्री दल रावलको विशेष पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । सुविधा सम्पन्न अस्पतालमा मात्र राखिने महंगो मुल्य पर्ने भेन्टिलेटर दुर्गमका अस्पतालमा जडान गरिनु जिल्लाबासीका लागि सुखद कुरा भएको डाक्टर रावललको भनाई छ ।


भेन्टिलेटर जडानपछि स्वास प्रवासमा समस्या भएका विरामिहरुको उपचारमा सहजहुने अस्पतालले जनाएको छ । भेन्टिलेटर जडान भए पनि सदरमुकाम दुनैमा सञ्चालित विद्युतको भोल्टेज न्युन आउनेहुँदा सञ्चालन गर्न समस्या भएको अस्पतालका डाक्टर रमेश बुढाले बताए ।

विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्नकालागि विद्युतबाट चल्ने अक्सिजन कन्सिनेट्रर भन्दा अक्सिजन सिलिण्डर भरपर्दो हुने डाक्टर बुढाको भनाई छ । अहिले जिल्ला अस्पतालमा एउटा पनि अक्सिजन सिलिण्डर नभएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया