तरुणले गरयो सरसफाई

दुर्गा विसी ।

सल्यान, ६ कात्तिक ।

सल्यान सल्लिबजारमा नेपाल तरुणदल बनगाड कुपिण्डे नगरपालिका कार्यसमितिले वजार सरसफाइ गरेको छ । विहीवार सल्लिबजारका विभिन्न स्थानमा रहेको फोहर तरुणले उठाउने काम गरेको छ । बजारमा जथाभावी फोहर नफालन समेत अनुुरोध गरिएको छ ।

बजार सरसफाइमा तरुण दलमा आवद्ध युवा र नेपाली कांग्रेस प्रति आस्थावान स्थानीय नेता तथा कार्यकर्ताहरु उक्त अभियानमा सामेल भएको तरुण दल बनगाड कुविण्डे नगर अध्यक्ष विजय वसणनेतले बताए । तरुण दलको यो रचनात्मक कार्य प्रती स्थानीयले उच्च प्रशंसा गरेका छन् ।

उक्त अभियानमा नगर सभापति टोपवहादुर भण्डारी, जिल्ला कार्य समिति सदस्य दुर्गा खड्का, नगर शिक्षक संघका सुरेन्द्र खड्का, पुरुषोतम आचार्य लगायतका नेताहरु अभियानमा सामेल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया