साढे ६ हजार लिटर मदिरा नष्ट

सल्यान ।

सल्यानमा साढे ६ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । कार्तिक १ गतेदेखि ५ गतेसम्म प्रहरीले विभिनन युनिटबाट ६ हजार पाँच सय ४५ लिटर अबैध मदिरा नष्ट गरिएको जनाएको छ ।

चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने योजना मदिरा नियन्त्रण गरी नष्ट गरेको प्रहरी कार्यालय सल्यानका प्रवत्ता लक्ष्मण ओलिले जानकारी दिए । उनका अनुसार मदिरा उत्पादन गर्ने १३ सेट सामगीसमेत नियन्त्रणमा लिएको छ । घरेलु मदिराका कारण चाडपर्वमा गाउँघरमा झै–झगडा तथा दुर्घटना बढ्ने भन्दै प्रहरीले जिल्लामा मदिरा नियन्त्रण अभियान चलाएको छ ।

तपाईको प्रतिक्रिया