कोरोनाका कारण रुकुम पश्चिममा थप १ जनाको मृत्यु

रुकुम पश्चिम, ५ कात्तिक ।

रुकुम पश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ की ५६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

केही दिन अघी कोरोना संक्रमित भई होम आइसोलेसनमा बेसकी ति महिलाको मंगलबार साँझ मृत्यु भएको त्रिवेणी गाउँपालिका स्वास्थ्य संयोजक वीरबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार ति महिलामा केही दिन अघी नेपालगञ्जमा स्वाव परिक्षण गर्दा कोभिड १९ संक्रमन पुष्टि भएको थियो ।
उनि क्यान्सर पिडित भएको र उपचारका लागी नेपालगञ्ज गएको समयमा कोरोना संक्रमन भएको पाइएको थियो ।

चिकित्सको सल्लाह बमोजिम ति महिला घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन । मृत्यु भएपछी फेरी आज बिहान पनि कोरोना परिक्षण गर्दा उनको रिपोर्टे पोजेटिभ नै आएको स्वास्थ्य सँयोजक डाँगीले बताए ।

यस सँगै रुकुमपश्च्मिमा कोरोना संक्रमनका कारण ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । केही दिन अघी चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया