बाढीपिडितलाई घरको चापी हस्तान्तरण

प्रचण्ड खत्री
रुकुम पश्चिम, ५ कार्तिक ।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुला गुन्टलिका बाढी पहिरो पिडित हस्त बहादुर कामीलाई घरको चापी हस्तान्तरण गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा बाफिकोट गाउँपालिका अध्यक्ष कविराम खत्रीले सबैको सक्रियतामा निर्माण गरेको ५ कोठे ३ तले घरको एक कार्यक्रमकाबीच नेकपा प्रदेश कमिटी सदस्य तथा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले पिडित हस्त बहादुर कामीलाई घरको चापी हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रम बोल्दै केसीले पार्टीका कार्यकर्ताले एक महिना लगाएर गरेको कामको अनुभूति गर्दै धन्यबाद दिनुभयो । यो कार्यले समाज रुपान्तरण तिर उन्मुख गराउने बताउनुभयो । उहाँले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।

साउन ९ गत्ते गएको बाढीले हस्त बहादुर कामीका आमा, छोरा र एक छिमेकीको पहिरोमा परी निधन भएको थियो । अहिलेसम्म बिभिन्न व्यक्ति, संस्था, कार्यालयले गरी बिभिन्न सहयोग गरेका थिए । त्यस्तै बाफिकोटबाँसी अमेरिकामा बस्ने बिभिन्न व्यक्तिबाट पनि सहयोग रकम आएको थियो ।

तपाईको प्रतिक्रिया