बस दुर्घटना चालकको मृत्यु, १४ यात्रु घाइते

अमर सुनार
दैलेख, ५ कार्तिक ।
सुर्खेतबाट जम्बुकाँधतर्फ जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वर बजारमा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

एक्कासी ब्रेक फेल हुन गई सडकमा पल्टिदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का ४० वर्षीय ललित नेपाली च्यापिएर मृत्यु भएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते १४ यात्रुहरु मध्ये १० जनालाई तल्लो डुंगेश्वर बजारको मेडिकलमा प्रारम्भिक उपचारपछि आ–आफ्नो घर गएका बताइएको छ । सख्त घाइते ४ जनालाई थप उपचारको लागि सुर्खेततर्फ पठाइएको र घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया