विकास योजनाको प्रभावकारीता बुझ्न सांसद शाही गाउँ–गाउँमा

रामचन्द्र न्यौपाने
डोल्पा, ५ कात्तिक ।
तीनै तहका सरकारबाट सञ्चालित विकास योजनाको प्रभावकारीता मुल्याङ्कन गर्नका लागि सांसद शाही गाउँमा पुगेका छन् । जिल्लाको प्रदेश क्षेत्र नं ख वाट निर्वाचित सांसद बिरबहादुर शाही विकास योजनाको प्रभावकारी मुल्याङ्कन सँगै जनगुनासा सुन्न गाउँमा पुगेका हुन् ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका पर्ने नर्कु, इल, शर्मी लगायतका गाउँमा अनुगमन जारी रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । सांसद शाहीले संघिय, प्रदेश र स्थानीय सकारबाट परेका विकास आयोजनाहरुको अनुगमन गर्नुका साथै विकासप्रतिका जनताका धारणाहरु बुझेको शाहीको भनाई छ ।

यस सँगै आ.व. ०७७/०७८ मा खर्च गर्नुपर्ने निर्वाचन क्षेत्र विकास कोषको ५ करोड रकम बाँडफाँड गर्न जनताका आवाश्यक्ता समस्या के–केस्ता छन् परामर्श समेत गर्ने गरिएको बताइएको छ । दशै, तिहाँरसम्म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका लगायतका सम्पूर्ण स्थानीय तहमा सञ्चालित विकास योजनाको अनुगमन गर्ने र घरदैलोमै पुगेर जनता गुनासा सुन्ने कार्यक्रम रहेको सांसद शाहीले बताए ।

आफु निर्वाचित भएदेखि नै भ्रष्टाचार विरुद्ध लागि रहेकाले अनुगमनका क्रममा विकास योजनामा अनियमित भएको पाईएमा तुरुन्त कारवाही हुने शाहीको भनाई छ । निर्वाचन क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउने किसिमका भावि योजना के हुन सक्छन जनताबाट राय सल्लाह लिएर सोही अनुसार पहल समेत गर्ने उनले बताए । अनुगमनका क्रममा पुगेका सांसद शाहीले मुड्केचुला गाउँपालिका ६ मा बनाइएको असल शासन युवा क्लवको भवन समेत उद्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया