विप्लव नेकपाद्वारा स्वास्थ्य सामग्री बितरण

दैलेख, ५ कात्तिक ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दैलेखका तीन पालिकाहरुमा कोरोना रोकथाम सघाउने स्वास्थ्य सामग्री बितरण गरेको छ । आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं. ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा नं. ६ तौलिपाटा आग्र, वडा नं. ५ लामामेला वडा नं. १ नदाई, शिराडी वडा नं. ५ को गैरेगाउँ र गुराँस गाउँपालिकाको स्यालभैरीका जनसमुदायलाई सेनिटाईजर र मास्क वितरण गरेको हो ।


विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिरबाट आवतजावत वढी हुने भएकाले कोभिड १९ जोखिम हुनसक्ने र त्यसवाट जनतालाई वचाउनको यो सहयोग गरेको जिल्ला इञ्चार्ज दिपेन्द्रले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी दैलेखको योजना र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश तिरुवाको पहलमा करिब तीन लाख बराबरको सहयोगमा ती सामग्री वितरण गरिएको बताइएको छ । गुराँस गाउँपालिकामा जिल्ला सेक्रेटरी मादुरो, आठबीस नगरपालिकामा कमरेड सुदर्शन तथा प्रकाश र ठाँटीकाँध गाउँपालिकामा कमरेड संकेत, शरद र प्रतिक्षाको अगुवाइमा बितरण गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार