सुर्खेतमा डेंगीका बिरामी बढे

सुर्खेत, ४ असोज ।

सुर्खेतमा डेंगीका बिरामी बढेका छन् । पछिल्लो तीन महिनामा १०२ जना डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा पनि सबैभन्दा धेरै वीरेन्द्रनगरका मानिस डेंगीबाट संक्रमित भएका छन् ।

सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीण भन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले बताए । ‘यो सफा पानीमा फुल पार्ने लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले शहरी क्षेत्रमा धेरै संक्रमण देखिएको छ’ उनले भने ।

आर्थिक वर्ष ०७६÷७७ मा सुर्खेतका १३४ जनालाई डेंगी भएको थियो । अहिले पनि डेंगी संक्रमणको दर जिल्लामा गत आर्थिक वर्षको बराबर रहेको प्रमुख वाग्लेले बताए । उनका अनुसार यो आर्थिक वर्षको अहिलेसम्म डेंगीबाट मृत्यु भने भएको छैन ।

तपाईको प्रतिक्रिया