भेरीगंगा झिग्नी र जहरे बजार अनुगमन

सुर्खेत (छिन्चु), ४ कार्तिक ।
सुर्खेतको पूर्वि बेल्ड भेरीगंगा नगरपालिका अन्तरगत पर्ने भेरीगंगा नगरपालिका–६ झिग्नी बजार र भेरीगंगा–९ जहरे बजारमा सोमबार भेरीगंगा नगरपालिकाले छड्के अनुगमन गरेको छ ।

हिन्दुहरुको महानपर्वहरु नजिँकिदै गर्दा बजारमा खाद्यान्न लगायतका सम्पूर्ण सामानहरुको अभाब हुन नदिन साथै मूल्यमा एकरुपता ल्याउनको लागि भेरीगंगा नगरपालिका र उपभोक्ता संरक्षण हित समितिद्धारा सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन समिति गठन गरी झिग्नी र जहरे बजारका केहि पसलहरु अनुगमन गरिएको छ ।

बजारमा हुने गरेको अखाद्य बस्तु म्याद गुज्रिरिएका बस्तुलाई बिक्री बितरण नर्गन आव्हान गर्दै उप–प्रमुख तथा उपभोक्ता हित समितिका संयोजक रेणु आर्चायले सबै उपभोक्तालाई सचेत हुनुपर्ने बताउनुभयो । सोमबार झिग्नीमा १८ र जहरेमा ६ वटा गरी २४ वटा पसलको अनुगमन गरिएको थियो । अनुगमन गर्दा प्राय म्याद गुजरिएका, नविकरण गर्न बाँकी, दर्ता नभएको, मुल्य सुची नभएको साथै एक दर्ता भई अरु नै ब्यापार गर्ने गरेका पसलहरु भेटिएका थिए ।

सो म्याद गुजरिएको सामान भेरीगंगा नगरपालिकाले नियन्त्रण गरेको छ । साथै अनुगमन गर्दा पसलहरुको कमी, कमजोरी छिट्टै सुधार गर्न अनुरोध गर्दै आगामी दिनमा नसुधारे कडा कारबाही गरिने चेतावनी दिएको छ । भेरीगंगा नगरपालिका भित्रका खाद्य लगायतका सम्पूर्ण पसलहरु जुनसकै समयमा पनि अनुगमन गर्न सक्ने अनुगमन समितिका संयोजक तथा उद्योग बिकास तथा सहकारी अधिकृत पिताम्बर पौडेल बताउनुभयो ।

सो अनुगमनमा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रशासन प्रशासकीय अधिकृत शमसेर राणा, भेरीगंगा नगरपालिका प्रशासकीय अधिकृत सिता खत्री, शिक्षा उप–सचिव धिरेन्द्र शर्मा, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, नेपाल घरेलु महासंघ भेरीगंगाका उपध्यक्ष ज्ञानु भुषाल र सुरक्षाकर्मीको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया