दशैँमा पूरा तलव नपाएपछि कर्मचारी क्रुद्ध

दुर्गा विसी
सल्यान, ४ कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीले दशैमा पूरा तलव खान नपाएको गुनासो गरेका छन् । ३ महिनाको खानुपर्ने तलव श्रावण र भदौ महिनाको गरी दुई महिनाको मात्रै तलब निकासा गरेको जनाएको छ । तलव खुवाउँदा रकम अपुग भएका कारण पूरा तलब खुवाउन नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका लेखा अधिकृत दिनेश भण्डारीको भनाइ छ । तर नगरका कर्मचारीले भने कर्मचारीको तलब जनप्रतिनिधिलाई खुवाएको जनाएका छन् । कर्मचारीले भने असौज महिनाको तलव नपाएको दुखेसो पोखेका छन् ।

यता जनप्रतिनिधिले भने ३ महिनाको तलवसहित दशैं भत्ता १५ हजारसमेत बुझेका छन् । कर्मचारीले पूरा पारिश्रमिक नपाउँदा जनप्रतिनिधिले भने दशंै भत्ता बुझेको उनीहरुको गुनासो छ । चाडपर्वमा समेत पूरा तलव खान नपाएपछि कर्मचारी निकै रुष्ट बनेका छन् । चाडपर्व जस्तो समयमा पूरा तलव नपाउँदा दुख लागेको उनीहरुको भनाइ छ । कसैलाई खुशी पार्न चाडपर्व भत्ता तर हामीलाई चाहि अधुरै तलब दिएर हुनै नहुने काम भएको नगरका एक कर्मचारीको भनाई छ ।

नगर प्रशासन शाखा तथा आर्थिक शाखा आफ्नै तालमा चलेको छ । यहाँका अनियमित अन्य काम बेलिविस्तार खुल्दै जाने उनीहरुको भनाई छ । हामी सबै कुराको पत्रकार सम्मेलनमार्फत अवगत गराउने तलव नपाएका पिडित कर्मचारीहरुको भनाई छ । दशंै जस्तो महत्वपूर्ण चाडपर्व खाली हात घर फर्कनु परेको छ । दुई महिनाको तलव खान खाएकै तिरेर सकियो अब दशैं मान्न कसरी घर जाने उनीहरुको भनाइ छ ।


जनप्रतिनिधिलाई खुशी पार्न पूरा तलब तर हामी रातदिन खटिने कर्मचारीलाई भने आधा तलव दिने कार्य गैरजिम्मेवारीपना भएको अधिकांश कर्मचारीको भनाइ छ । कर्मचारी दशैँमा पूरा तलव खान नपाउँदा क्रुद्ध बनेका छन् । नगरमा कर्मचारीमाथी समेत निकै विभेद छ । केही दिन अघि महिला कर्मचारीहरुले यातायातका साधानको सेवा सुविधा नपाएको दुखेसो बाहिरीएको थियो ।

पहुँचवाला पुरुष कर्मचारीका हातहातमा मोटर साइकल छन् तर तल्लो स्तर महिला कर्मचारीहरु पैदल हिडिरहेका हुन्छन् । सो नगरपालिकामा विभेदै विभेद भएको उनीहरुको दुखेसो छ भएन भनी कर्मचारीको तलव कट्टी गरी जनप्रतिनिधिलाई दशैँ पेश्की खुवाएको कुराले यतिबेला तरंगित पारेको छ । तलब अपुग भएका कारण पूरा तलब खुवाउन नसकिएको र दशैँ लगतै सो बाँकी तलब खुवाउने प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार