४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं, ३ कात्तिक ।

नेपाल सरकाले आज चार अर्ब अन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत आज चार अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले ३६४ दिन अवधिको चार अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षमा चौथौपटक आन्तरिक ऋण उठाउन लागेको हो । यसअघि असोजमै केन्‍द्रीय बैंकमार्फत सरकाले ३३ अर्ब अन्तरिक ऋण उठाइसकेको छ ।

चालु आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले प्रथम चौमास ९साउन(कात्तिक० मा ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरुले बोलकबोलमा सस्तो ब्याजदरमै बोलकबोल पेस गरिरहेका छन् ।

केन्द्रीय बैंकले आजै थप सात अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरणका लागि पनि बोलकबोल गर्ने भएको छ । ९१ दिन अवधि रहेको २० करोड रुपैयाँ, १८२ दिन अवधि रहेको पाँच अर्ब रुपैयाँ र ३६४ दिन अवधिको दुई अर्ब रुपैयाँ गरी सात अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोलमार्फत नवीकरण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया