कोरोना कहरमा नगरपालिकाले ब्यवसायीबाट हर्जनै हर्जना अशुली

दुर्गा विसी
सल्यान, ३ कार्तिक ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले यतिबेला लिएको व्यवसायीक करमा व्यापारीले चर्को विरोध गरेका छन् । करिव ४ महिना बन्द रहेका व्यापारिहरु चाडपर्व नजिकिएसँगै पसलहरु खोल्नु सुरु गरेका थिए । यतिबेला नगरपालिकाले पनि जथाभावी हर्जना,नविकरण भन्दै सतप्रतिशत कर असुली रहेको छ ।

विकास निर्माण कार्यमा खर्च होस भनेर नागरिक वा व्यापारीले कर तिर्नु पर्छ तर यहाँ जनताको आयस्रोत,आय आर्जन र व्यवासायि हेरेर करको परिधि तोक्नुपर्ने हो । तर त्यसो नभएर बनगाड कुपिण्डे नगरपालिकाको सभाले अन्यत्रको साभार गरेर यहाँ करको दायरा लागू गरेको एक जनप्रतिनिधिको भनाई छ ।

यो महामारीमा विभिन्न वहानावाजिका रुपमा नगरले शतप्रतिशत कर लिनु भनेको विडम्बना नै भएको छ । सामाजिक सञ्जालमा नगरको यो कार्यको चौतर्फी विरोध भएको छ । कर लिँदा सतप्रतिशत लिने सेवा सुविधा शुन्यताले झन नागरिक नगरको यो कार्यप्रती रुष्ट बनेका छन् । दशंै अगावै बर्षातले विगारेका सडक मर्मत कार्य नहँुदा नागरिक पैदल हिडिरहेका छन् ।

घटिघटाउ दररेटमा सडक मर्मतको जिम्मेवारी पाएको एक निर्माण कम्पनीले एक भन्दा बढि स्काभेटर नलगाउँदा २ वडामा मात्रै सडक सुचारु हुने काम भएको छ । अन्यत्र वडाहरुको सिङ्गै बाँकी छ । उक्त कम्पनीको घटिघटाउ दर भएपनि सिण्डिकेट भएको यहाँका स्थानीयको भनाई छ । अर्को तर्फ नगरले लिने चर्को करले यहाँका नागरिक उकुसमुकुस भएका छन् । तर नगरले भने केही व्यापारीले तिरी सकेकाले अब अर्को पटक छुट गरेर कर लिने जनाएको छ ।

यतिखेर भनेर सरकारले नै हर्जना नलिने भनेको छ तर यहाँ चाहिँ उद्यम तरिकाले डबल, तिर्बल हर्जना जोडेर १० हजार भन्दा माथि नै कर असुल्ने काम भएको छ । यस्तो बेला राहत दिनुको सट्टा नागरिकमाथी स्थानीय सरकारको मनपरितन्त्र चलिरहेको छ । ठाउँ, स्थान, परिवेश र व्यापार व्यवासायी तथा आय स्तर हेरेर करको नीति लागु गर्ने हो, कर नीति निर्माण गर्ने हो । तर यहाँ भन्ने सम्पन्नता क्षेत्रको कर निति कपि गरी लागू गरिएको छ । त्यसैको मार यहाँका स्थानीयले खेपिरहेका छन् ।

तपाईको प्रतिक्रिया