लोक देउडा : अविश्वासको प्रस्ताव

भानुप्रभात पाण्डे÷खाँडाचक्र न.पा.–३, कालिकोट

शुभकामना सबैकन्,– दशैं आएको छ
भानुप्रभात पाण्डेबाट – विन्ती लाएको छ
सुख, शान्ति सबैलाई होस – सास्ती छाएको छ
राजनीतिमा खलवल आयो – मुटु खाएको छ ।।

अविश्वासको प्रस्ताव भयो – कर्णाली प्रदेश
नजानी काम गर्दाखेरी – लागि जान्छ ठेस
पहिचान आ–आफ्नो हुन्छ – देखिजान्छ भेष ।।

गुलावजंग बर्खास्त भए – बढुवा भईन सिता
पार्टीको एकता गर्न हुनु हो – एक ढिक्का
महेन्द्र शाही सफल भए – यामलाल भए फिका ।।

हस्ताक्षरमा १८ हुन – बैठकमा दशै हुन्
सातै जना माननियले – लगाइदिए है गुन
आधा कोही पितलै भए – आधाभैगए सुहुन ।।

चन्द्र, कुर्म, सुशिल, पद्मा – अमर, देवि, कर
सात जना फर्किदा खेरी – अरु गए घर
अघि एक छन पछि एक छन् – कसको के भर छर ।।

ठम्मर, पुषा, धर्मराज – भोली कता जान्छन
जो मान्छन संस्थालाई मान्छन – व्यक्तिलाई कहाँ मान्छन
भन्याको सही मान्या छियो – नाउलाई माछा तान्छन ।।

चन्द्र शाहीका कुर्म शाहीका – सुनौला दिन आया
कसैले डाक्टर पास गरे – कसैले फेल खाया
दलले र नन्द सिंहले किन – अप्जस पाया ।।

बर्मी, खड्क, धर्म, राजु – कौशिला र मिना
ठम्मर, पुष्पा, पद्म, यामलाल – क्या भया हुन पिना
राजनीति राज्यको मुद्धा छैन – लिना दिना ।।

कसैलाई प्रलोभन भयो – कसैलाई पद चाहियो
सबैले सोचदिनुपर्छ – एकैबाटा आइयो
आधाले सोच्याका हुन्ना – नबुझि ड्याङ खाइयो ।।

नेकपाले टिकट दियो – जनताले भोट दिया
आफ्नाले आफ्नाको विरोध – एकै हौं भन्या छिया
रुगा, खोकी, ज्वारो आउँछ – फोहोर पानी पिया ।।

कित ठुलो विचार हुन्छ – कि ठुलो गाउँ हुन्छ
जो हुन्छ बुद्धिमान छोरो – उसैको नाउँ हुन्छ
ठालुले जान्दिनु पर्छ – जन्तामा क्या छुन्छ ।।

नगरौं कुर्चीको लडाई – मिलिकन बाईजाउँ
कसैले सोच्याका हुना – अलि त गुन लाइजाउँ
ठुलो पार्टी बनाउनुछ – एकै वाटा आइजाउँ ।।

गुट बनाउँदै विरोध गर्दै – समय बाईगयो
कुबेरको सम्पत्ति जति – गणेशले खाइगयो
आस गरेको सबै इच्छा – एकै दिन बाईगयो ।।

अन्तिममा सबैले सोचौं – कमजोरी कहाँ भयो
जलेउरु जाल खेल्ने बेला – बागडोर मागी रह्यो
ठालुले झगडा गर्या – जनतामा क्या गयो
केपि र प्रचण्ड कन – हो कि मर्नु भयो ।।

४० जना माननिया छन – सातै छन मन्त्री
एक चोटी पर्खिजाउ पन – दिन आइजान्छन फिरी
कसैले नसकन्या भयौं – जनताको ऋण तिरी
यत्तिकैमा रह्न्या हौं कि – आउन्या हौं कि फिरी ।।

तपाईको प्रतिक्रिया