लायन्स क्लब छिन्चुद्वारा सुगर चेकजाँच

सिपी कार्की
भेरीगंगा (छिन्चु), ३० असोज ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा फ्री सुगर चेकजाँच गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसलाई मध्यनजर गर्दै लायन्स क्लब छिन्चुले फ्री सुगर चेकजाँच गरेको लायन्स क्लबका अध्यक्ष पबित्रा खड्काले बताउनु भयो । उहाँका अनुसार ८० जनाको सुगर चेक गरिएको बताउनु भयो ।

असोज ३० गते शुक्रबार लायन्स क्लब छिन्चुका अध्यक्ष पबित्रा खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिमा भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य रहनुभएको थियो ।

त्यस्तै बिनुसिं भाष्कर, दल बहादुर गुरुङ, सीता शर्मा र उपेन्द्र गौतमको समेत उपस्थिति रहेको थियो । सुगर चेकजाँच भने चक्र प्रसाद ढुंगाना र ठुम्रा खत्रीले गर्नुभएको थियो । पहिलो समयमा लायन्स क्लब छिन्चुले पछिल्लो समयमा विभिन्न सामाजिक कार्यमा सक्रिय बन्दै गैरहेको छ ।

तपाईको प्रतिक्रिया