अरिंगाल पोल्दा रुखबाट लडेर एकको मृत्यु

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ३० असोज ।

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ५ का १ जना जनाको अरिंगाल पोल्न लाग्दा रुखबाट लडेर मृत्यु भएको छ । सिस्ने ५ टाकुराका २७ बर्सिय जनक बुढाथोकीको रुखबाट लडेर गएराति मृत्यु भएको हो ।


टाकुरा गाउभन्दा माथिको जंगलमा अरिङ्गाल पोल्न गएका बुढाथोकीको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गजुसिद्दी बर्ज्राचार्यले जानकारी दिए । अरिंगाल पोल्नका लागि रुखमा चढेका बुढाथोकीले टेकेको रुखको हाँगा भाचिए पछी लडेर गम्भीर घाईते भएका उनलाई २९ गत्ते साझ नै बुढाथोकी पुर्याईएको थियो । अस्पतालमा पुर्याएपछी डाक्टरले मिर्तक घोषणा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार