वडा कमिटी सपथमा नेकपा प्रवेशको लहरै चल्यो

दुर्गा विसी
सल्लीबजार, ३० असोज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा ११ को सपथमा नेपाली कांग्रेस छोडी नेकपा प्रवेश गर्नेको लहर चलेको छ । वडा ११ को सबै भन्दा बढी लक्षुहाल्ने बस्तीबाट १० घरका १५ जनाले नेपाली कांग्रेस छोडी नेकपा प्रवेश गरेका छन् । त्यसैगरी अन्य वस्तिका दर्जनभन्दा वढिलाई नेकपा प्रवेश गराएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, नगर इन्चार्ज ज्ञान वहादुर वली, नगर अध्यक्ष किर्तिवहादुर रानाले नव प्रवेशिलाई स्वागत गरेका थिए । नेकपाबाट वडा अध्यक्ष जितेका विरवहादुर वुढाले उक्त वडामा राम्रो काम गरेकोले नागरिकको मन जित्न सफल भएको जनाएको छ ।

जनता रिजाउने प्रशंसनिय कार्य भएको साथै दुर्गम वस्तिहरुमा उहाँकै कार्यकालमा सडक सञ्जाल जोडिएको स्थानीयले बताए । दलित बस्तिदेखि अन्य टोलका २५ बढीले नेपाली कांग्रेस छोडेर नेकपामा प्रवेश गरेका छन् । सपथ ग्रहणको लागि आयोजना गरिएको कार्यक्रम नेकपा नेताहरु प्रवेशमै भ्याइनभ्याइ थियोे ।


कार्यक्रम प्रमुख अतिथि वस्नेत अन्य अतिथिमा जिल्ला अध्यक्ष पुन, जिल्ला पार्टी सचिव वुढाथोकि, नगर इन्चार्ज वलि, नगर अध्यक्ष राना, कर्णाली प्रदेश परिषद् सदस्य गणेश विसि, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश उपाध्यक्ष अकबर पुन, नेकपा जिल्ला सदस्य दिपक यरि, धनवहादुर पुन, विरवहादुर वुढाले धारणा राख्नु भएको थियोे ।

त्यसैगरी नगर कमिटी सदस्य गणेश चन्द, सुवास शाह, तर्कवहादुर शाह, लोकवहादुर वुढामगर र वालिका पुनको उपस्थित रहेको थियोे । वडा कमिटी अध्यक्ष गणेश परियार र सचिव दिलिप वलिको नेतृत्वमा २५ सदस्यि नव गठित वडा कमेटिलाइ सपथ खुवाएको थियो । यस अघि पनि वडा ११ को सबै वस्ति टोल नेकपाकै वर्चस्व रहेको छ भने केही वचेखुचेका टोल वस्तिका कांग्रेसलाई समेत नेकपामा समाहित गराएको छ ।

नगर कमिटी सदस्य लोगवहादुर वुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवास शाहले गरेका थिए भने सयौंको संख्यामा नेकपा शुभचिन्तक तथा पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम बोल्ने नेकपा नेताहरुले जनताको मन जितेर मात्रै काम गर्न नवगठित वडा कमिटीलाई आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार