धरानमा चार जना कोरोना संक्रमितको मृत्यु

धरान, २९ असोज ।

धरानमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । कोरोना भाइरसको संक्रमण देखा परी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दुई महिला र एक पुरुषको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरकी ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान र धरान उपमहानगरपालिका ९ का ४४ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठान धरानका सहायक प्रबक्ता डा. आषिश श्रेष्ठले बताए।

त्यस्तै धरान ९ कै ५८ वर्षीय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको हो। पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दा समेत प्रतिष्ठानका चिकित्सकहरुले ती पुरुषलाई भर्ना नगरिदिएको धरान ९ का वडाअध्यक्ष रत्न कट्वालले बताएका छन्। उनले संक्रमित बिरामीलाई भर्ना नगर्ने चिकित्सकलाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया