नयाँ बसपार्का

हैन ! त्यो वीरेन्द्रनगरको बसपार्का हाल खबर के छ के ? यो कोरोनाँ नि मान्छे तान्ने काम उस्तै छ कि अल्लि घट्याछ ? कुनैदिन वीरेन्द्रनगर आएर घरफर्किन लाग्दा बसपार्कका मुसडण्डेहरुले हात तानातान गर्दा धन्नै हात फुकाली माग्या मेरा मित्रले सोधेँ । अब उनलाई के जवाफ दिउँ ६ मैनादेखि गाडी चलाउन नपा साउहरको अवस्था देख्दा साउहरको अनुहारै सम्झेर आँफूलाई नि टिठ लाएर आयो ।

तर पनि उनरको पुरानो ब्यबहार हेर्दा टिठ मान्ने ठाउँ कतै छैन । अनि मैले पनि साथीले ब्यहोरेको जस्तै कथा सुनाएँ । भनेँ बस चढदा हाम्रोनी अबस्था त्यै हो । बसको टिकट काटन गयो । एसिवाला चढने कि टिभीवाला ? कि वाइफाइ फ्रि भनेर घुमाउँछन् । अनि यौटा सुवधिावाला रोज्यो बस चढ्यो । करिब तीन घण्टाको यात्रा तय गर्दा सम्मनी तिनरले दिम्ला भन्या सुविधा नदिएछि गाडीवालासँग सुविधाको कुरा गर्दा खलाँसीका नाममा बसमा रहेको भूसतिघ्रे आउँछ अनि उल्टै हप्काएर जान्छ ।

अनि त्यसको त्यै हप्की सम्झेर गन्तब्यसम्म पुग्न बाध्य होइन्छ । बसमा जाने कैयौँ विभीन्न रोगले पीडित होलान् साथमा बच्चाबच्ची होलान् तर खलाँसी र डाइभरलाई दिसा पिसाब नलागेसम्म कसैले त्यो सेवा प्राप्त गर्न सक्दैन । बच्चाबच्ची भोकै पर्छन् । बसवालाको यात्रुप्रतिको ब्यबहार ठूलो दुष्मनीपूर्णको देखन्छि । यस्तो हाम्रोमा मात्रै होलाकी अन्यत्र पनि हुन्छ होला । वास्तवमा यात्रुविना गाडी मालिकहरुको रोजीरोटी चल्दैन भन्ने कुरा सेवामा प्रतिष्पर्धा नभएरै त होला ।

साथीलाई आँफूले ब्यहोरेका वृतान्त सुनाएँ । तर के यो ६ मैनासम्म गाडी चलाउन नपाएर घिरिम्ला र फर्सि फलाउन बाध्य भएका गाडीका साहूहरुले यात्रु भनेका हाम्रा भगवान हुन् अर्थात यिनकै आधारमा मात्रै हाम्रो रोजीरोटी चल्दो रैछ । यिनिहरुलाई हामीले शत्रुवत ब्यबहार गर्न हँुदैन भन्ने कुराको महशुस गरे होलान् कि नाईँ । त्यो त यात्रा नगरी भन्न सक्ने कुरो भएन । तर यो कोरोना भाइरसका बेला स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर बस चलाउँछौँ बस चलाउन दिनोस भनेर सरकारसित भाँतिविन्ति गरेर बस चलाउन पाएनी बसहरुले स्वास्थ्यको कुनै पनि मापदण्ड पूरा नगरेर उल्टै यात्रुहरुलाई हप्कीदप्की गरेर बस चलाइ रहेका छन भन्ने सुनिन्छ । यदी यो कुरा सत्य हो भने कुक्कुरको पुच्छर १२ बर्ष ढुग्राँ हालेनी उस्ताउस्तै भन्ने हाम्रो गाउँघरको उखान त्यसै बन्या हैन भन्ने बुझ्नु पर्छ । हैन र ?

–वेदर्षि

तपाईको प्रतिक्रिया