प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने पक्राउ

सुर्खेत, २५ असोज ।
प्रहरीको भान्सेमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । सुर्खेतको चिङगाड गाउँपालिका–५ अवलचिङ बस्ने ३४ वर्षिय कमलबाबु रानालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोट नलगाड नगरपालिका ५ बस्ने २४ वर्षिय राजकुमार सिंहबाट प्रहरीको कार्यालय सहयोगी (भान्से)मा जागिर लगाइदिन्छु भन्दै रकम लिई ठगी गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिई ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । साथै, कार्यालयले रानाबाट अन्य कोही व्यक्ति ठगीएको भए यथाशिघ्र कार्यालयमा सम्पर्क गर्न समेत सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया