जवरजस्ती करणीका आरोपित लेखापाल पक्राउ

सुर्खेत, २५ असोज ।
जबरजस्ती करणीको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई प्रहरीले प्रकाउ गरेको छ । नगरपालिकाको लेखाशाखामा कार्यरत खेमराज शर्माले एक महिलालाई जवरजस्तीकरणी गरेको भन्दै उजुरी दिएपछि उनलाई प्रहरीले प्रकाउ गरेको हो ।

वीरेन्द्ररनगरकै एक महिलाले उनीमाथि जवरजस्ती करणी गरेको आरोपमा लगाएको १९ दिन पछि प्रहरीले प्रकाउ गर्न सफल भएको हो । घटना भएको लामोसमय वितिसक्दा पनि प्रकाउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना समेत हुदै आएको थियो ।

जबरजस्ती करणीको आरोपमा सम्बन्धी समाचार विभिन्न संञ्चामाध्यमा सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरमै लुकीछुपि बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले बताउनुभयो ।


गत असोज ६ गते वीरेन्द्ररनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । शर्माले महिलालाई होटलमा लगेर मादकपदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ । जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलाई पक्राउ गर्न आदेश समेत दिईसकेको थियो । प्रहरी प्रमुख भट्टले पक्राउ गरेर ल्याईसकेको भन्दै अव घटनाबारे अनुसन्धान थालिने जिकिर गर्नुभयो ।

याे पनि पढ्नुहाेस :-

करणीको जाहेरी परेपछि लेखापाल फरार


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार