भेरीगंगा जेसिजले सप्ताह २०७७ कात्तिक १ बाट सञ्चालन गर्दै

सुर्खेत, २५ असोज ।

भेरिगंगा जेसीजले सप्ताह २०७७ कार्यक्रम संचालन गर्ने भएको छ । पछिल्लो अवस्थामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई मध्यनजर गर्दै भेरिगंगा जेसिज JCI बर्ष २०२० को छैटौं बोर्ड बैठक बसि यहि कात्तिक १ गते देखि जेसीज सप्ताह २०७७ विभिन्न कार्यक्रमहरु गर्ने भएको हो ।

भेरीगंगाजेसीजले यहि कात्तिक १ गते पहिलो दिन तृप्ती केसिको सयोजकमा कोभिड १९ कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

दोस्रो दिन कात्तिक ७ गते गणेश बहादुर वलिको सयोजकमा बृक्षारोपन गर्ने भएको छ । तेस्रो दिन ८ गते महासचिव गोपी शर्माको सयोजकमा मातृशाखा साक्षात्कार कार्यक्रम गर्ने भएको छ । चौथो दिन १५ गते रमेश शर्माको सयोजकमा नेतृत्व बिकाश तालिम सन्चालन गर्ने भएको छ ।

पाचौं दिन २२ गते मुक्तीराम तिवारीको सयोजकमा भ्उक तालिम सन्चालन गर्ने भएको छ । छैटौं दिन २९ गते पबित्रा कठयातको सयोजकमा मा।बी नगरस्तरिय हाजिरीजवाफ कार्यक्रम सन्चालन गर्ने भएको छ र अन्तिम दिन सातौ दिन ३० गते रामु सुबेदिको सयोजकमा स्मारिका बिमोचन तथा सप्ताह समापन गर्ने भेरिगंगा जेसीजका अध्यक्ष नबराज उपाध्यायले बताउनु भयो ।

तपाईको प्रतिक्रिया