यसपालिको दशैं-कविता

रोविन कोइराला।

रोग, भोक र भयले छिचोलि रहदा…
पिर, चिन्ता र सन्तापमा छ यस पालिको दशैँ..

कोहि विदेशिन सिमानाको गेटमा त कोहि हस्पिटलको बेडमा कुरि रहदा…

आँशु, रोदन र संकटमा छ यस पालिको दशैं।।

मनुष्यरुपि दानवहरुले कलिला कोपिलाहरुको चिरहरणमा बेस्त भैरहदा..

चित्कार, गुहार अनि निराशामा छ यस पालिको दशैं।।

अशाय अनि विपन्नताको नाउमा नेता बनेकाहरु बाट आश सकिएपछि..

क्रोध, घ्रिणा र असन्तुष्टी मा छ यस पालिको दशैं।।

कोहि सेश कोही बकेसमा घर आइरहदा… शोक र भयको भुमरिमा छ यस पालिको दशैं।।
प्राकृतिक विपत्तिले छेद बिच्छेद घर अनि मनलाई शान्त पार्दै…

गास र बासको आशमा छ यस पालिको दशैं।।

तपाईको प्रतिक्रिया