सल्यानको सागिनेमा बस सेवा सुचारु

दुर्गा विसी ।

सल्यान, २५ असोज ।

सल्यानको सिद्धकुमाख गाउँपालिका वडा, ४ को सागिनेमा पहिलोपटक बस पुगेको छ । एक कार्यक्रमका विच आज बस सेवा सुचारुको उद्घाटन गाउँपालिका अध्यक्ष चित्रवहादुर चलाउने गरेका हुन् ।

प्रदेश सरका र स्थानीय तहको करिव डेढ करोड रकमको साझेदारिमा विगत लामो समय देखि उक्त सडक खण्ड निर्माणकार्य जारि रहेको थियो। काम सम्पन्न भए पश्चात् ४ नं वडाको आयोजनमा आज विधिवत रुपमा श्रीनगर सागिने र सागिने सल्लिवजार बस सेवा सुचारुको लागि उक्त सडक उद्घाटन गरिएको छ ।गाउँपालिका अध्यक्ष चलाउनेले आफ्नै पालामा सडक सञ्जालले नजोडिएका दुर्गम गाउँ वस्तिहरुमा सडक पुगेको जनाए ।

अब छिटै यहाँका नागरिकले प्रदेश राजधानी जान र गाउँपालिका सेवा लिन जान सजिलो हुने भएको छ । गाउँमै वस पुगे पछि स्थानीय समेत हर्शित वनेका छन् ।स्थानीय सरकारको पहल कदमिमा राम्रो काम भएको उनिहरुले जनाएका छन् भने अब बार्है महिना सडक सुचारूको लागि स्तरबृद्धिमा जोड दिन स्थानीयको आग्रह रहेको छ ।

सडक उद्घाटनमा वडा अध्यक्ष विरवहादुर खड्का,नेकपा स्थानीय नेता नरविर चलाउने, सल्यान शारदा यातायात प्रालिका महासचिव रामचन्द्र गरी प्राली कार्यालय प्रमुख सालिक डाँगी नेकपा जिल्ला कमेटि सदस्य दवेन्द्र रोका लगाएतले आफ्नो भनाइ राखेका थिए । वडा अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन लोकवहादुर विकले गरेको जनाएको छ । बसले भने अब नियमित सेवा सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया