तोकिएको अवधिभन्दा तीन वर्षपछि पुल निर्माण

तोकिएको अवधिभन्दा तीन वर्षपछि पुल निर्माण

सल्यान, २५ असोज ।

सम्झौताको अवधिभन्दा तीन वर्षपछि नाथेखोला पुल निर्माण सम्पन्न भएको छ । जग्गा मुआब्जाको विषयमा विवाद हुँदा रोकिँदै आएको पुल निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा तीन वर्षपछि सकिएको हो ।


सल्ली–चौरजहारी सडकखण्डअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोलामा पक्की पुल निर्माण गर्न २०७३ साउनमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७४ पुस मसान्तसम्म काम सम्पन्न गर्ने भनिए पनि जग्गा मुआब्जामा विवाद हुँदा सम्झौता भन्दा तीन वर्षपछि मात्र काम सम्पन्न भएको निर्माण कम्पनी हरिहरि गजुरी जेभीले जनाएको छ । काम सुरु भएको ६ महिनामा ५० प्रतिशत काम सम्पन्न भए पनि मुआब्जाको विषयमा विवाद हुँदा ५० प्रतिशत काम सक्न तीन वर्ष लागेको ठेकेदार हरिबहादुर रावतले बताए ।

जग्गा धनीले उच्च अदालत सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ, बनगाड कुपिण्डे नगरपालिका र निर्माण कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । मुआब्जाका लागि सरकारी दररेटअनुसार आएको ४६ हजार पाँच सय जग्गा धनीले बुझ्न नमानेपछि विवाद भएको थियो । पुल निर्माण सम्पन्न भएपछि सल्यान, रुकुमा पश्चिमका यात्रुहरुलाई सहज भएको छ । पुल निर्माणको क्रममा गत साउनमा आएको खोलाले बगाउँदा पुलमा काम गर्दै आइरहेका एक कर्मचारील वेपत्ता भएका छन् । उनको अहिले पनि खोजी कार्य भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार