अनेरास्ववियु मुसिकोटको एकता तथा सपथ ग्रहण

प्रचण्ड खत्री
रुकुम पश्चिम, २४ असोज ।
रुकुम पश्चिम मुसिकोट नगरपालिकामा अनेरास्ववियु नगर कमिटी प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । भावना शर्मा संयोजक र प्रमिला कठायत सह–संयोजक रहेको नगर कमिटी ३५ सदस्यीय बनेको छ । कमिटीका कार्यसमितिलाई अनेरास्ववियुका केन्द्रिय सदस्य सुन्दर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।

सम्पन्न भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आथित्यता रहेको थियो भने नेकपा प्रदेश कमिटी सदस्य तथा नेकपाका जिल्ला सचिव विमल कुमार पुन, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य देवि ओली, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रदेश कमिटी सदस्य बुद्धी प्रसाद गौतम र प्रदेश कमिटीकै सदस्य गोपेस्वर केसी लगायत नेकपाका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अनेरास्ववियू जिल्ला कमिटी सयोजक सुशील बिस्ट र सहसयोजक हुकुम बिसि लगायत अनेरास्ववियू जिल्ला कमिटीका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । नगर संयोजक भावना शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सह–संयोजक प्रमिला कठायतले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया