वीरेन्द्रनगरका बाटा

हैन ! यी वीरेन्द्रनगरका बाटालाई कैल्यै दशैं आउन्न भन्या ! केन्द्रीय सरकार हुँदा त केन्द्रले बनाएन बनाएन । ऐले त गोडा तिनेक बर्षदेखि सिंहदरबारै तपाइँ हाम्रा आँगनाँ र कर्सा वरिपरि आछ भन्छन त । अनि फेरि यी सडकमाथि किन यत्रो अन्याय के ! नगरपालिका सित त पैसै छैन रे । गणतन्त्रका नामाँ जन्म्या जनप्रनिधिलाई तलब भत्तै ख्वाउन ठिक्कै छ अनि नगरले बाटो बनाओस नी कसरी ? उसको काम त कर तोक्ने, अशुल्ने, पार्क बनाउने र भत्काउने, नाली बनाउने र भत्काउने । अर्थात उसको रात साँझ कताकति बनाउन, अनि बाँकि सबै भत्काउनमै बित्याछ ।

त्यसैले केन्द्रीकृत ब्यवस्थाँ जस्तो नगरको काम नगर बनाउने, बाटो बनाउने हैन जस्तो लायो । हैन भने त वीरेन्द्रनगरका यी बाटाले ह्वाङ्ङ दारा फर्काएर मेयर र उपमेयरलाई नै ठाडै खाम्लाझैँ गरेर किन बस्नु पथ्र्यो र ! त्यसो त हामी जनताजस्तो मेयर उपमेयर पैदल नी त हिन्दैनन् । गाडीभित्रा’ट धुलो उडाउँदै हिँडेछि त्यो धुलाँ जनता परुन् कि आफ्नै बाआमा परुन् !

त्यो उनरको चिन्ताको विषय भएन नी । बाटोघाटो, पुलपुलेसा, नाली, पार्क, मठ मन्दिर, स्कुल, पुस्तकालय, देवालय, अस्पताल अर्थात नगरभित्रका सबै कामको जिम्मालेर नगरबासीको जीवन बढोत्तरीतिर लैजालान् भनेर जनताले भोट दे के रे । एैले अब उनरलाई सबै जनताऽऽ काम गर्ने फूर्सद नभएर पार्टीका कार्यकर्ताऽऽ काम गर्ने मात्रै फूर्सद भा सुन्दा भोटरले आफ्नो चरित्र सुधार्नेबाहेक कुनै उपाए देखिएन । हुन पनि तीन बर्षदेखि नगरको मुटु घण्टाघरदेखि प्रदेशका सबै मन्त्रालय जाने सडकको हुलिया बिग्रीएर यी सडक जन्मँदा कस्ताथेऽऽ भनेर खुट्याउने अबस्था छैन । तर वीरेन्द्रनगर नगरपालिका ऽऽनेता न त ती बाटा आँफू बनाउन तयार हुन्छन्, न अरुसित मद्दत नै माग्छन् । बहुमतकी नाइके उपमेयर एकबर्ष कार्यबाहक हुन पाएँ यै हो मौका भनेर नगरबासीको कामभन्दा निजी र घरायसी अनि पार्टीकार्यकर्ता हिताँ हिन्दाहिन्दै घण्टाघर स्मृतिपार्क काण्डले अब बौद्ध विश्वविद्यालयको सदस्य भएर चित्त बुझाउनुपर्ने भा छ ।

मेयरसाप चाइँ अल्पमतको नामाँ हाँजिर हुने र घर जानेबाहेक अरु हातगाँठी फुस्टा भन्छन् । युवायुवा भनेर युवालाईमात्रै रोज्ने वीरेन्द्रनगरका मतदाताले जसरी चट्कन खाए । त्यस्तो अबस्था बरु बयस्क रोज्ने नगरबासीले खा छैनन् होला । अब दुई बर्ष छ क्यारे, नगरपिताज्यु नेताको आशिर्वाद लिएर केही गर्ने भए गर्नोस्, नभए नगरमाता बौद्धको सदस्य भएझैँ तपाइँलेली नेता गुहारेर एउटा सार्वजनिक पदधारण गर्नोस् र बस्नोस् । तपाइँहरका हाता’ट न नगर बन्छ, न नगरका बाटा । अस्तु !

–वेदर्षि

तपाईको प्रतिक्रिया