सुर्खेतकी ८२ वर्षिय कोरोना पोजेटिभ महिलाको मृत्यु

सुर्खेत, २२ असोज ।
मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् कोरोना संक्रमित थप एक महिलाको बुधबार बेलुकी मृत्यु भएको छ । यसअघि बुधबार दिउँसो भेरी अस्पतालमा दांगकी २९ वर्षिय महिलाको मृत्यु भएको थियोे ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ की ८२ बर्षीया महिलाको उपचारका क्रममा बुधवार साँझ मृत्यु भएको स्वास्थ कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उनको यही १३ गते स्वाव संकलन गरिएको थियो । त्यसको दुई दिनपछि रिपोर्ट पोजेटिभ आएको थियो ।


त्यसैदिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । ‘रोगको प्रकृति अनुसार सबै किसीमको उपचार गर्दा पनि विरामीको स्वास्थ्य अवस्था सुधार भएन बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भन्नुभयो–‘आज ६ः३५ बजे विरामीको निधन भयो ।’ उहाँलाई निमोनिया भएको कोहलपुर शिक्षण अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका कोभिडका ११ जनाको मृत्युु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार