एमयूमा शुल्क घटाउन माग

सुर्खेत, २१ असोज ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा अध्ययनरत विद्यार्थीहरुले मासिक शुल्क घटाउन माग गरेका छन् । पत्रकारिता तथा आसञ्चार विषयको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले तत्काल मासिक शुल्क घटाउन माग गर्दै विश्वविद्यालयको ध्यानाकर्षण गराएका हुन् ।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क हाल चार हजार पाँचसय तोकेको छ । तर विश्वविद्यालयका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको मासिक शुल्क अत्याधिक भएको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थीले मासिक शुल्क घटाएर बढीमा दुई हजार कायम गर्नुपर्ने माग गरेका हुन् । मासिक शुल्क घटाउन माग गर्दै उनीहरुले विश्वविद्यालयका पदाधिकारीला बुधबार मागपत्र नै बुझाएका छन् ।

यस्तै विश्वभर हाल फैलिएको कोरोना महामारीका कारण वातावरण सहज नहुँदासम्म मासिक शुल्क बुझाउन नसक्ने विद्यार्थीको भनाइ छ । कोरोना महामारीपछि अवस्था सहज भएमा मात्र बाँकी शुल्क बुझाउने व्यवस्था गर्न र मासिक शुल्कमा वैज्ञानिक निर्धारण गर्नसमेत विद्यार्थीले माग गरेका हुन् । यसैबिच विश्विद्यालय प्रशासनले मासिक शुल्क घटाउने बारेमा छलफल गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया