पत्रकारलाई सर्जिकल मास्क सहयोग

सुर्खेत, २१ असोज ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयले कर्णालीमा क्रियाशिल पत्रकारहरूलाई सर्जिकल मास्क सहयोग गरेको छ । बुधबार कर्णाली प्रदेशका १० वटै जिल्लाका पत्रकारहरूलाई एक हजार थान सर्जिकल मास्क सहयोग गरेको हो ।

सामाजिक विकास मन्त्रालयमा सामाजिक विकास सचिव लोकनाथ पौड्यालले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, प्रदेश सदस्य गणेश विशु र गोविन्द केसीलाई संयुक्त रुपमा उक्त माक्स हस्तान्तरण गरेका थिए । माक्स हस्तान्तरण गर्दै सामाजिक विकास सचिवले भने, ‘स्वास्थ्य सेवा सुरक्षा प्रबद्र्धनका लागि पत्रकारहरूलाई माक्स सहयोग गरिएको छ ।’ ‘सुरक्षित समाचार संकलन गर्न मास्कले सहयोग पुर्‍याउने विश्वास लिएको छुँ ।’ ‘कोरोना भाइरस दिनानुदिन बढ्दै छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पत्रकार पनि सुरक्षित रहेर समाचार संकलन गर्नुपर्छ ।’

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष अध्यक्ष दुर्गा थापाले मन्त्रालयको सहयोगले पत्रकारलाई राहत महसुस भएको बताए । कर्णालीका दूरदराजदेखि सहर बजारसम्म पत्रकारिता गर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा माक्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका सदस्य गणेश विशु र गोविन्द केसीले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त माक्स कर्णालीका १० वटै जिल्लामा पुर्‍याउने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले जनाएको छ । मास्क सहयोगका लागि नेपाल पत्रकार महासंघका सदस्य गणेश विशु र गोविन्द केसीले पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया