कृषियोग्य जमिन जोगाउन मुख्य चुनौती

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेका १६ वटा वडाहरु मध्येको एक हो वडा नम्बर ३ पनि । जनप्रतिनिधि आएपछि हालसम्म यो वडामा विकास निर्माण र सामाजिक सुधारमा के प्रगति भयो ? निर्वाचन भएको साढे तीन वर्षको अवधिमा जनप्रतिनिधिले वडाबासीले अपेक्षाअनुसार काम गरे त ? नागरिकको अपेक्षा पूरा गर्न जनप्रतिनिधिहरुको आगामी योजना के छन् ? यिनै विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, खत्रीसँग गरिएको कुराकानीको शारासः

हिजोआज के गर्र्दै हुनुहुन्छ ?

विशेष गरेर अहिले विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमहरुमा नै व्यस्त छु । कोरोना पोजेटिभ देखिएकालाई आइसोलेसनको व्यवस्था गर्ने, आवश्यकता अनुसार अस्पताल लैजाने काममा व्यस्त छु । अहिले त कोरोना भाइरस नियन्त्रणमै बढी लागि रहेका छौं । अर्काे कुरा वडाबाट हुने र सञ्चालन हुने सेवा प्रवाहमा पनि व्यस्त छु । वडाको कामसँगै विकास निमार्णका कामहरुमा व्यस्त छु भन्नुपर्छ ।

तपाइँ निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

विकास निमार्णका कामहरु भएका छन् । विशेषगरी मेरो वडाका दिदीबहिनीहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन ग¥यौं । महिला दिदीबहिनीहरुलाई सीपमुलक तालिम दिने र उहाँहरुलाई रोजगारी दिने काम भएको । त्यस्तै शिक्षाका क्षेत्रमा अलि बढी काम भएको छ । वडामा दुई वटा सरकारी विद्यालयहरु रहेका छन् । आधारभुत विद्यालय रहेको छ । उक्त विद्यालयमा पहिला कक्षा ८ सम्म मात्र पढाइ हुने गथ्र्यो । अहिले हामीले माविमा विस्तार गरेका छौं । अर्काे विद्यालय प्रावि कक्षा पाँचसम्म छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउने काम गरेका छौं । मेरो अर्काे ठुलो उपलब्धी भनेको वडा कार्यालयको भवन निमार्ण गरेका छौं । शहरी स्वास्थ्य भवन पनि निमार्ण गरेका छां ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

काम गर्दाको चुनौती भनेको स्रोत साधनको कमी हुनु हो । जनताहरु जे कुराको माग पनि वडामै गर्नुहुन्छ । तर, राज्यले वडालाई स्रोत साधन र अधिकारबाट बञ्चित गरेको छ । वडालाई सिफारिस गर्ने कामभन्दा अरु केही अधिकार दिएको छैन । वडालाई खाता सञ्चालन गर्न पनि नदिने, वडामा बजेट पनि अपुग हुने, आफ्नै स्थानीय सरकारबाट पनि वडालाई छुट्याइएको हुँदा काम गर्न चुनौती थपिएको छ । हामीलाई त नगरपालिका भनेको छुट्टै हो की ? वडा कार्यालय छ्ट्टाछुट्टै हो की भन्ने भान भइरहेको छ । माथिल्लो तहमा पुगेको जनप्रतिनिधिहरुबाट हामीलाई असहयोग हुने र भेदभाव भएको छ । संघीय सरकार र प्रदेश सरकार आफ्नो तरिकाले विकास गर्दै हिँड्ने र स्थानीय सरकारसँग समन्वय नगरेको हुँदा काम गर्न चुनौती नै छ । जनताको सेवा गर्नका लागि त संघीय सरकार र प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने जरुरी देखिन्छ । देशका निम्ती काम गर्छु भनेर हिँड्ने राजनीतिकर्मीहरु इमानदार, नैतिकवान र समाजका मुख्य समस्या नबुझ्दा काम गर्न चुनौती छ ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

साविकको उत्तरगंगा गाविसलाई अहिले नगरपालिमा गाभिएको छ । रत्नराजमार्गदेखि दक्षिणतिरको भेगलाई प्रदेश सरकारले कृषि क्षेत्र भनेर छुट्याएको छ । तर, सरकारले समन्वय नगर्दा काम गर्न समस्या भएको छ । कृषिक्षेत्र घोषणा भएको क्षेत्रमा अहिले धमाधम घरहरु निमार्ण भइरहेका छन् । बाटोहरु निमार्ण भइरहेका छन् । बाटोको निमार्णको मापदण्ड पनि छैन । आफुखुसी बाटो खोलिएका छन् । यस्तै विभिन्न कारणले गर्दा यो वडाको संरचना निमार्णमा पनि समस्या देखिएको छ । जथाभावी जग्गा प्लटिङ गर्ने र घर बनाउने कार्य रोक्न प्रदेश सरकार अघि सर्नुपर्छ । नत्र भने भविष्यमा ठुलो संकट नआउला भन्न सकिन्न ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

हाम्रो वडा नम्बर ३ लाई कृषिक्षेत्र भनेर घोषणा गरेको अहिले नामको मात्र छ । वीरेन्द्रनगर भित्रको जग्गा कृषि क्षेत्र बनाउन जनताले नै मान्दैनन् । जग्गा धनीले जग्गा प्लटिङ गरेर जथाभावी विक्रि वितरण भइरहेको छ । जनताले कृषि चाहिँदैन भनेर विरोधसमेत गर्नु भएको छ । यसले गर्दा पनि काम गर्न समस्या भएको छ । जनसंख्या बढ्दो क्रममा छ, त्यसैमा पनि धमाधम घरहरु निमार्ण भएका छन् । जग्गाको कित्ताकाट भइसकेको छ, त्यसले गर्दा यो वडामा कृषि क्षेत्र होला भनेर मैले सम्भवना नै देखेको छैन । जनता साथमा नहुँदा काम गर्न समस्या हुँदो रैछ । हामीले यो वडालाई कृषि क्षेत्र बनाउन धेरै कोशिस गरेका हौं । तर, जनताले नै विरोध गरेपछि सम्भव नै भएन ।

अहिलेसम्म गरेका राम्रा पाँच वटा काम बताई दिनुस् न ?

वीरेन्द्रनगरभित्र अब आठ मिटरभन्दा तलका बाटो हुँदैन । बाटोको लगत कट्टा गर्ने काम पनि भएको छ र भइरहेका पनि छन् । कसैले जग्गा विक्रि गर्दा पहिला बाटोको लगत कट्टा गरेर मात्र विक्रि वितरण गर्ने व्यवस्था हामीले मिलाएका छौं । अर्काे काम शिक्षागत क्षेत्रमा हामीले दुई वटा सरकारी विद्यालयलाई व्यवस्थित गरेका छौं । यस्तै महिला दिदीबहिनीहरुलाई सीपमुलक तालिम दिएर रोजगारीको सिर्जना गरेका छौं । वडा कार्यालयको भवन बनाउन सफल भयौं । पहिला वडाको आफ्नै जग्गा पनि थिएन । वडा कार्यालय राख्ने ठाउँ पनि थिएन । त्यसको हामीले व्यवस्था गरेका छांै । सहरी स्वास्थ्यको भवन पनि निमार्णकै क्रममा छ । नाला बन्ने क्रममा छ । ८० प्रतिशत सडक ग्राभेल गर्न सफल भएका छौं ।

बेरोजगारलाई रोजगारी दिन कस्तो पहल भइरहेको छ ?

हाम्रो वडामा स्थायी बासिन्दा र अस्थायी बासिन्दाहरु हुनुहुन्छ । त्यसमा स्थायी बासिन्दाहरु धेरै बाहिर जानु भएको छैन । थोरै मात्रामा जानु भएको छ । स्थायी बासिन्दाले आफ्नै ठाउँमा रोजगारी गरेर बस्नु भएको छ । तर, अस्थायी बासिन्दाहरु धेरै हुनुहुन्छ । बसाइसराइ नभएसम्म अस्थायी बासिन्दालाई वडाले हेर्दैन । डी मेगा भन्ने एउटा संस्था छ, त्यसैको सहयोगमार्फत सबैलाई काम दिएका छौं । कोभिड १९ को महामारीका समयमा ७५ जना युवालाई विभिन्न सीप सिकाएर रोजगारी दिएका छौं ।

अबको योजना के छ ?

हामीसँग स्रोत र साधन कम छन् । जनताको माग धेरै छ । प्रत्येक वर्ष एकसय जना महिला दिदीबहिनीलाई सिपमुलक तालिम दिएर रोजगारीका सिर्जना गरेका छौं । शिक्षालाई पनि व्यवस्थित गर्ने योजनामा छौं । सबै बाटोलाई ग्राभेल गर्ने, पक्की नाला निमार्ण गर्ने योजनामा छौं । प्रत्येक वर्ष वडाले कृषि क्षेत्रका लागि भनेर बजेट छुट्याएका हुन्छौं । पाँचदेखि सात लाखसम्म प्रत्येक वर्ष बजेट छुट्याउँ छौं । यो वर्ष पनि आठ लाख बजेट छुट्याएका छौं । ठुला किसान र साना किसान भनेर दुई किसिममा छुट्याएका छौं । यो वर्षको काम दशैंपछि सुरु हँुदैछ । अर्काे कुरा वडाबाट प्रवाह हुने सेवालाई अझै व्यवस्थित गर्ने र छिटो रुपमा सेवा दिने क्रममा छौं ।

तपाईको प्रतिक्रिया